Bisal Chautari Logo

सविनको ‘हिरो रिटन्स’मा रेखाले काम गर्ने पक्का || आशिषले निर्देशन गर्ने

- २३ जेष्ठ २०७३, आईतवार १७:३६ मा प्रकाशित


sabin shrestha and Rekha Thapa hero returns nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ २३ आइतबार । अभिनेत्री रेखा थापाले चलचित्र हिरो बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । र अहिले नेपाली चलचित्र क्षेत्रमा उनी नम्बर एक अभिनेत्री हुन् । तर अभिनेत्री रेखाले डेब्यु गरेको चलचित्र हिरो कै नाम रहेको तर सिक्वेल नभएपनि सिक्वेल जस्तै नाम रहेको चलचित्र ‘हिरो रिटन्स’मा काम गर्ने पक्का भएको छ । रेखा र सनिवको जोडीलाई दर्शकहरुले धेरै चलचित्रमा मनपराई सकेका छन् ।
sabin shrestha and Rekha Thapa hero returns nepali movie

चलचित्रलाई ‘जंगबहादुरको कोट’ निर्देशन गरिसकेका आशिष भेटवालले निर्देशन गर्ने पक्का भएको छ । अष्ट्रेलियामा रहेका निर्देशक आशिष यही चलचित्रका लागी अब नेपाल आउदैछन् । यस भन्दा अगाडी समिर मियाँले निर्देशन गर्ने चर्चा थियो ।Aashish Bhetwal hero returns nepali movieकेही समय अगाडी नै निर्माण हुने बताइएको चलचित्र हिरो रिटन्सलाई अभिनेता सविन श्रेष्ठले सहदेव गौतमसंग मिलेर निर्माण गर्ने भएका हुन् । चलचित्रको निर्माण टिममा भन्ने चलचित्र दमदार निर्माण गरिसकेका निर्माता चन्द्र गौतम पनि सामेल भएका छन् । चलचित्रको मूख्य कलाकारहरु पनि करिब टुंगो लाईसकेको छ । चलचित्रमा सविन श्रेष्ठको अलवा रेखा थापा प्रमूख भुमिकामा देखिने भएकी छिन् । कलाकारहरुको वारेमा जानकारी गराउदै निर्माता चन्द्र गौतमले अन्य कलाकारहरुको समेत टुंगो लागेको तर नाम नखुलाईएको बताएका छन् ।
अर्को रोचक कुरा के छ भने निर्माता चन्द्र गौतमले अभिनेता सविन श्रेष्ठसंग मिलेर हरेक बर्ष विग प्रोजेक्टको एउटा चलचित्र निमाण गर्ने घोषणा समेत गरेका छन् । गौतम समाजसेवामा पनि सक्रिय छन् । हाल उनी सामुदायिक प्रहरी गौगंबुका उपाध्यक्ष समेत रहेका छन् । चलचित्रका नायक तथा निर्माता सविन श्रेष्ठले पनि चन्द्र गौतमसग सहकार्य भएपछि चराम्रो बन्ने बताएका छन् । यसो त रेखा र सनिवको जोडीलाई दर्शकहरुले धेरै चलचित्रमा मनपराई सकेका छन् । चलचित्रमा एक्सन, विषयबस्तु र गीत बलियो हुने बताईएको छ ।

प्रतिक्रिया