LOOT-2 Ft.Saugat Malla, Dayahang Rai New Nepali Movie Teaser release
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ १८ मंगलबार । ४ वर्ष अगाडी प्रर्दशनमा आएको व्लकबस्टर चलचित्र ‘लुट’को सिक्वेलको छायाकन पहिले नै टिजर सार्वजनिक गरिएको छ । राजधानीमा आज मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘लुट २’ को टिजर सार्वजनिक गरेको छ ।
१ मिनेट ३४ सकेन्डको टिजरमा ‘हाकु काले’ पात्रमा देखिएका सौगात मल्लको सम्वादपनि समावेश गरिएको छ । टिजरले चलचित्रको ‘थिम’ बोकेको छ । निश्चल बस्नेतले नै निर्देशन गर्ने चलचित्रमा निर्माता पनि माधव वाग्ले र नरेन्द्र महर्जन नै रहेका छन् ।
कार्यक्रममा बोल्दै चलचित्रका मुख्य अभिनेता दयाहाङ राईले आफुहरु माथी ठुलो चुनौती थपिएको बताए । दयाहाङले भने, ‘–हामिले जानेको जती काम गरेर क्षमता देखाएर काम गर्नेछौ, र दर्शकहरुलाई निराशा बनाउदैनौ ।’
चलचित्रमा अधिकांश कलाकार ‘लुट’कै दोहोरिने पक्का छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, सृजना सुब्बा, विपिन कार्की, सुशिलराज पाण्डे, प्रविण खतिवडा, प्रदीपराज न्यौपाने लगायत अभिनयमा हुनेछन् ।
कार्यक्रममा बोल्दै निर्देशक निश्चलले फिल्मको कथा २०१२ मा प्रदर्शनमा आएको ‘लुट’ले त्यो अवस्थामा छाडेको कथालाई अहिलेको अवस्थाको कथालाई चलचित्र जोडिने बताए । पछिल्लो समय जनताहरु मारमा परेको ‘भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि चलचित्रले पर्दाफास गर्नेछ । कार्यक्रममा चलचित्र यो हप्ता नै फ्लोरमा जाने र यो बर्षकै फागुन १३ मा रिलिज गरिने समेत घोषणा गरिएको छ ।
निर्देशक बस्नेत स्वयमको कथा र पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानकै सिनेम्याटोग्रफी रहने छ । चलचित्रमा कालिप्रसाद बाास्कोटा र रोशन थापाले संगीत दिनेछन् ।
Cast: Saugat Malla, Dayahang Rai, Karma, Reecha Sharma, Bipin Karki, Praween Khatiwada, Sushil Raj Pandey, Pradeep Raj Neupane
Story/Screenplay/Director: Nischal Basnet
Producer: Madav Wagle, Narendra Maharjan
Editor: Surendra Poudel
Background Score: Rohit Shakya
Cinematographer: Purushottam Pradhan
Music: Kaliprasad Baskota, Roshan Thapa
प्रतिक्रिया