Bisal Chautari Logo

‘गाजलु’को लण्डन प्रिमियरबाट पाएको प्रतिक्रियाले सृष्टि उत्साहित (भिडियो समाचारसहित)

- १७ जेष्ठ २०७३, सोमबार १८:०९ मा प्रकाशित


Shristi Shrestha and Anmol K.C. Gajalu movie world  premiere in london
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १७ सोमबार । वर्ष ०७३ मा दर्शकहरुले बढी प्रतिक्षा गरेको चलचित्र ‘गाजलु’को लण्डनमा वल्र्ड प्रिमियर सम्पन्न भएको छ । पहिलो विश्वव्यापी रिलिजमा पुर्व मिस नेपाल तथा डेब्यू अभिनेत्री सृष्टि श्रेष्ठ, चलचित्र निर्माता रोहित अधिकारी र कलाकार प्रशान्त ताम्राकार रेड कार्पेटमा छाएका थिए ।
Shristi Shrestha and Anmol K.C. Gajalu movie world  premiere in londonरेड कार्पेटमा कलेजी’ कलरको वानपिसमा सजिएकी सृष्टिको पहिरण तथा फेशन स्टेटमेन्ट आकर्षण बन्यो । ‘गाजलु’को लण्डन प्रिमियरबाट पाएको प्रतिक्रियाले सृष्टि उत्साहित रहेको बताइन् । त्यस्तै पहिलो पटक सोलो निर्माता बनेका रोहित पनि लगानीको पहिलो प्रतिफलको रुपमा निकै राम्रो अनि उत्साहजनक प्रतिक्रिया पाएको भन्दै लण्डनबाट खुशी व्यक्त गरेका छन् । लण्डन प्रिमियरको सुखद प्रतिकृयापछि बुधबार निर्माता अधिकारी र अभिनेत्री सृष्टि नेपाल फर्किने कार्यक्रम छ । नेपाल फर्के पश्चात रिलिजको दिन नजिकिदै गर्दा दुबैजना प्रचारमा जुट्नेछन् ।
Shristi Shrestha Gajalu movie world  premiere in london (1)तर यस चलचित्रका मुख्य अभिनेता अनमोल केसी भने चलचित्रको प्रिमियर शोमा सहभागी भएनन् । यस चलचित्रको शो भन्दा केही दिन अगाडि मात्र बेलायतबाट फर्किएका अनमोललाई निर्माताले शोमा बस्न आग्रह गरेका थिए । तर, अनमोल शोका लागि समय नदिई नेपाल फर्किएका हुन् । नेपालमा अनमोलको खोजी भएकाले पनि उनी बेलायत नबसेको निर्माणपक्षको दाबी छ । उनी नेपाल आएपछि पनि चलचित्रको प्रचारमा खासै देखिएका छैनन् ।
Shristi Shrestha Gajalu movie world  premiere in london (2)यही जेठ २८ गतेबाट रिलिज हुने चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत पनि लिड रोलमा छन् ।

प्रतिक्रिया