Bisal Chautari Logo

आनन्द कार्किको २५ औ संगित यात्रामा चौधौ औ सौगात गए जाला ज्यान

- १४ श्रावण २०७०, सोमबार १३:५५ मा प्रकाशित


१४, साउन, काठमाडौ । नेपालि सुगम संगित तथा नेपालि पाश्र्व गायनका चर्चित गायकआनन्द कार्किले आफ्नो १४ औ एल्वम गए जाला ज्यान नामक आधुनिक गिति गजल एल्वम बजारमा ल्याएका छन् । होटल याक यण्ड यतिमा एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ एल्वमको विमोचन गरिएको थियो । एल्वमको विमोचन भने कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ गितकार किरण खरेलले गरेका थिए ।

रियाज म्युजिक सेन्टरले बजारमा ल्याएको एल्वम विमोचन समारोहमा नेपालि साङ्गितिक क्षेत्रका मात्र नभई चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरुपनि उपस्थित थिए । वरिष्ठ संगिकार शम्भुजित वास्कोटा, गितकार राजेन्द्र थापा, गजलकार डा. कृष्णहरी बराल, गितकार शक्ति बल्लव, गितकार चुजामणि देवकोटा, अभिनेता भुवन केसि, गायिका संगिता राणा प्रधान, वरिष्ठ संगितकार राजु सिंह र गायक सत्यस्वरुराज आचार्यपनि उपस्थित थिए ।

विमोचन कार्यक्रममा एल्वमको समिक्षात्मक टिप्पणि गर्दै अभिनेता भुवन केसिले भर्सस्टाईलिस्ट गाएकको रुपमा आनन्द कार्किलाई पाएको बताए । त्यस्तै सुभकामना दिने क्रममा संगितकार राजु सिंहले आफुलाई आधुनिक गायन क्षेत्रमा ल्याएको दिनहरु सम्झिए । गायक आनन्द कार्किले राजु सिंहसंग फेरी तिम्रो याद आयो बोलको गितमा काम गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि किरण खरेलले गायक आनन्द कार्किको नाममाथि प्रसंसात्मक टिप्पणि गरेका थिए । नाम जस्तै आनन्दित किसिमका गितहरु गाउने गायकको रुपमा खरेलले प्रश्ट्याए । भने –‘मलाई आनन्द नाम सुन्ने बित्तिकै साङ्गितिक क्षेत्रमा आनन्द हुन्छ । कार्यक्रममा अन्य अतिथिहरुलेपनि शुभकामना सन्देश दिएका थिए ।
कार्यक्रममा बोल्दै आफ्ना २५ औ वर्षिय साङ्गितिक यात्रा र चौधौ एल्वमको बारेमा बोल्दै गायक आनन्द कार्किले सुरुका दिनहरुमा आफुले धेरै दुखहरु पर गर्दै आएको बताए । र त्यो दिनहरुमा झै अहिलेपनि संगितमा साधना गरिरहेको गायक आनन्द कार्कि बताए । गायक आनन्द कार्किले हिन्दि भाषामा आड ओटा एल्वम र भजन एल्वम आठ ओटा ल्याएका छन् ।
एल्वममा आठ गितहरु समावेश गरिएको छ । गए जाला ज्यान, नया–नया नौलो–नौलो, बेखबर बेखबर, अचेल तिमि, मौनतामा, म राजि भए, तिमि गयौ समुन्द्रपारि र यि हल्लाहरु बोलको गितहरु एल्वममा समावेश गरिएको छ । यि हल्लाहरु बेलको गित भने पुरानो गितलाई रिमिक्स गरीएको हो । एल्वममा आनन्द अधिकारी, सजना गुरुङ, मनु मञ्जिल, जि.पि डंगोल, सुसान्त वाग्ले, जिवन देवान, बाल बि राई र डा. कृष्णहरि बरालको शब्द रहेको एल्वममा शिखर सन्तोस, आनन्द कार्कि, सम्भुजित बास्कोटा, सचिन सिंह, राजु सिंहको संगित रहेको छ ।

प्रतिक्रिया