BUDDHI TAMANG HANUMANE and RAJANI GURUNG MANGALI music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १७ सोमबार । चर्चित टेलिफिल्म मेरी बास्सैका एक चर्चित जोडीको बिहे भएको फोटोले झन्डै एक हप्ता अघि सामाजिक संजालमा तहल्का मच्चाएको थियो । हनुमाने अर्थात बुद्धि तामाङलाई त बधाईको ओइरो नै आइ आएको थियो । फोन र म्यासेजमा.. हैन शुटिङ हो भन्दा नि कतिपय शुभचिन्तकले नपत्याएको बुद्धिले बताए ।
प्रसंग हो मेरी बास्सैको उनको जोडी रजनी गुरुङ संग बेहुला बेहुलीको पहिरनमा आएको एक फोटोको । झन्डै १० दिन अघि मात्र उनीहरुको त्यो फोटो सहितको समाचार आई रहेको थियो । निरन्तर रुपमा फोटो पत्रकार नबिन बाबु गुरुङले उनीहरुलाई यस अवस्था सम्म ल्याईपुर्याएको उनले बताए ।
मिल्ने साथि नबिनले आफुहरुको जोडीलाई सोचेर म्युजिक भिडियोको लागी स्क्रिप्ट लेखेको सुनाए । पछि गीत संगै स्क्रिप्ट पढे पछि आफु राजि भएको उनले सुनाए । तर रजनीलाई धेरै कुर्नु परेको यस म्युजिक भिडियोका निर्देशक नविन गुरुङले बताए ।
विकास उप्रेतीको स्वरमा रहेको हामी जाउला है र्याफ्टिङ चढेर बोलको यस गीतको म्युजिक भिडियोको एक ठाउमा रजनी र बुद्धिलाई बेहुला बेहुली भएर बेहुलाको घर सम्म पुगेको देखाइको छ । यस गीतलाई किरण भण्डारीले रमाइलो शैलीमा लेख्ने र संगीत भर्ने काम गरेका छन् । यस म्युजिक भिडियोलाइ जिबन थापाले सम्पादन गरेका छन् भने निर्देशक नबिनसंगै राजु तामाङ् र विकास पौडेलले खिचेका छन् । सोमबार मात्रै युत्युब संगै नेपाली टेलिभिजनका पर्दाहरुमा रिलिज गरिएको छ ।
SONG : RAFTING CHADHERA …….
SINGER : BIKASH UPRETI
MUSIC / LYRICS : KIRAN BHANDARI
MODEL : BUDDHI TAMANG / RAJANI GURUNG
CAMERA : NABIN /RAJU /BISHAL
EDIT : JEEVAN THAPA
DIRECTION : NABIN BABU GURUNG
VIDEO : STREETNEPAL
प्रतिक्रिया