Miss Little Idol-2016 Talent show
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १७ सोमबार । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको मिस लिटिल आइडल २०१६ का प्रतियोगीले आआफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘मिस ट्यालेन्ट’ उपाधिका लागि राजधानीमा भएको प्रतिस्पर्धामा सहभागीहरूले गीत, नृत्य, विचार अभिव्यक्ति, चित्रकला, वाद्यवादन, कवितावाचन, उसुलगायत विभिन्न विधामार्फत आफूमा निहित प्रतिभा देखाएका छन् । उनीहरूको प्रतिभालाई शिक्षासेवी रेनुबाजा लामा, अभिनेता गजित विष्ट, डान्स कोरियोग्राफर प्रशान्त तामाङ, पाइलट रिया श्रेष्ठ र संगीतकार शान्तिराम राईले मूल्यांकन गरेका थिए ।
एक्सन इन्टरटेनमेन्टले सन् २००९ देखि वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगितामा यस वर्षदेखि प्याब्सन काठमाडौंसाग सहकार्य सुरु भएको हो । ‘विनाशकारी भूकम्प र त्यसको पीडा कम हुन नपाउदै नेपालीले भोग्नु परेको नाकाबन्दीका कारण बालबालिकाको नियमित अध्ययनमा पारेको नकारात्मक प्रभाव हटाउन, गुणस्तरीय अध्ययनका साथै उनीहरूलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको हो’, प्याब्सन काठमाडौंका अध्यक्ष थकिनकुमार गुरुङले भने ।
अन्तिम प्रतिस्पर्धामा ‘उत्कृष्ट २०’ मा पर्न ट्यालेन्ट राउन्डलाई ५० प्रतिशत आधार मानिने भएकाले प्रतियोगीहरू तयारीका साथ सशक्त रूपमा प्रस्तुत भए । विभिन्न विद्यालयमा अध्ययनरत नौ देखि १३ वर्ष उमेरसमूहका ७९ बालिका अन्तिम प्रतिस्पर्धामा उत्रिएका छन । सहभागीहरुमा वर्षा पोखरेल, अनुस्का खड्का, शिक्षा तुलाधर, अदिती मिश्र, क्रिस्टिन लेप्चा, सरुपा ढुागाना, अन्जली शर्मा, ऋतिका खनाल, श्लेशा काफ्ले, आर्शिया पौडेल, प्रकृती ढकाल, मिशा राई, टिना रेग्मी, प्रिज्मा घिमिरे, हिमांसा शाक्य, विविशा अधिकारी, सृष्टि श्रेष्ठ लुनिभा माली सहभागी छन् ।
त्यसैगरी आयुसा तामाङ, सुमि अधिकारी, पेमा छुमु लामा, जस्मिन गिरी, जनिशा तामाङ, सुस्मिता अधिकारी, अमेन्तिका शाक्य, ऐश्वर्या नेउपाने, अस्मिता थिङ, निमिशा ढकाल, प्रसुना खनाल, सुमिधी मरहट्टा, स्मृती श्रेष्ठ, अनुस्का घिमिरे, गरिमा सुवेदी, टिका मगर, स्वस्तिका भट्राई, सिर्जना कार्की, ग्रेसी तितुङ, इच्छु बराल अन्सु महर्जन, सुप्रिया कोइराला, प्रसुना केसी, रश्मी थापामगर, मुस्कान पासवान, स्तुती राई, प्रतिक्षा दाहाल, विद्या गिरी, प्रतिशा थापा, नुतन ज्ञवाली, मौनता केसी, प्रसिद्धी खनाल, प्रतिक्षा अधिकारी, दिक्षा पन्त, आशिका शर्मा, कन्चन ढकाल, गायत्री लोहनी, दिब्या पौडेल, सेलिना थापा, नेहाल शर्मा, श्रीया खनाल, सन्ध्या राई, प्रश्ना पोखरेल, आर्या लुइाटेल रहेका छन । मिस लिटिल आइडलको यस संस्करणका अन्य सहभागीमा कृति श्रेष्ठ, विन्दा थापा, निर्भिका केसी, मेलोसा सिम्खडा, रुचिका तन्डुकार, अश्लेसा कार्की, मानुसी गिरी, स्नेहा टन्डन, निकिता लामा, आस्था महर्जन, रिया श्रेष्ठ, निहोना प्रधान, सुविना पन्थी, सुभेक्षा वैद्य, आरसी अधिकारी निमा डोल्मा र रोसा मारिया लामा रहेका छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा जेठ २२ गते शनिबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ ।
प्रतिक्रिया