Bisal Chautari Logo

मिसेस मंगोल नेपाल २०१६ को आवेदन खुल्ला || पहिलो अडिसन सम्पन्न (भिडियो समाचारसहित)

- १६ जेष्ठ २०७३, आईतवार १६:४८ मा प्रकाशित


mrs mongol nepal 2016 first audition kathmandu
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १६ आइतबार । मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको मिसेस मंगोल नेपाल–२०१६को आवेदन खुल्ला भएको छ ।
mrs mongol nepal 2016 first audition kathmandu1एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको मंगोल नेपाल–२०१६ सिजन–३ को पहिलो अडिसन भने आज सम्पन्न भएको छ । दरबार मार्गको सिडब्लु रेस्टुरेन्टमा भएको पहिलो अडिसनबाट २४ जना विबाहित महिलाहरुबाट ११ जना छनौट गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले जानकारी दिए ।
mrs mongol nepal 2016 first audition kathmandu (2)पहिलो अडिसनमा चर्चित आरजे तथा कोरियोग्राफर कला सुब्बा, एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सब्बा, पुर्व मिसेस मंगोल नेपाल सेम्फुङमा लिम्बु र पुर्व मिसेस मंगोल नेपाल फस्ट रनरअप कविता राई नेम्वाङले जजको रुपमा रहेका थिए ।
mrs mongol nepal 2016 first audition kathmandu (3)मिसेस मंगोल नेपाल–२०१६मा सहभागी हुनेहरुका लागी दास्रो अडिसन २५ गते हुदैछ । इच्छुक विबाहित महिलाहरुले एमाजोन इन्टरटेन्मेन्ट अथवा एमाजोन इन्टरटेन्मेन्टको अफिसियल मिडिया पार्टनर विशाल चौतारी डटकममा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया