Bisal Chautari Logo

समृद्धिले किरात राई यायोख्खामै पत्रकार सम्मेलन गरेर माफि मागिन् (फोटो फिचरसहित)

- १४ जेष्ठ २०७३, शुक्रबार १४:५१ मा प्रकाशित


samriddhi rai forgive him by the press conference
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ १४ शुक्रबार । मिस टुरिजम क्विन इन्टरनेसनल २०११को मिस पर्सानालिटी विजेता तथा गायिका समृद्धी राईले आफुले साझा सवालमा दिएको अभिव्यक्ति प्रति किरात राई यायोख्खामै पत्रकार सम्मेलन गरेरै माफि मागेकी छिन् । यसअघि पनि समृद्धीले फेसबुक पेजमा स्टाटस र भिडियो मार्फत दुई पटक माफि मागि सकेकी छिन् ।
samriddhi rai forgive him by the press conferenceआज शुक्रबार किरात राई यायोख्खा कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा राइले आफुले बोलेको कुरा गल्ती भएको स्विकार्दै माफि मागेकी हुन् । उनले आफनो समुदाय प्रति अनविज्ञ भएको बताउदै अबको दिनमा समुदायको निम्ती समय खर्चिने प्रतिवद्धता समेत गरिन् । उनी वाम्बुले राई भएका हिसावले वाम्बुले राईहरुको उदगमस्थल ओखलढुंगामा गई बाम्बुले भाषा धर्म सम्बन्धी बृतचित्र बनाउने बताएकी छिन् । बम्बुले राईको मात्र नभएर सम्पुर्ण किरातिको भाषा, धर्म, सस्कृती अध्ययन गर्ने भएकी छिन् । त्यस्तै उनले नेपाली भाषा नबुझनेलाई समेत आफ्नो भाषा धर्म पहिचानको कुरा बुझाउने गरि वृत्तचित्र बनाउने पत्रकार सम्मेलनमा बताइन् । आफ्नो गल्ती स्विकार्दै उनले भनिन् मलाई बास्तवमा यस्तो कुरा केही थाहा थिएन यो मेरो लागि मौका पनि हो । मैले यहि कारणले गर्दा किरात राई यायोक्खाको भवन पनि हेर्ने मौका पाए।

samriddhi rai forgive him by the press conference (2)समृद्धीले गल्तीलाई स्विकार गरेकाले सवैले उनलाई माफी दिनुपर्ने वरिष्ठ किरात पत्रकार टिकाराम राईले बताए । उनले भने अंग्रेजी बोल्नेलाई नेपाली बोल्दा बोलेपनि मिनिङ नबुझ्दा समस्या हुने बताए । तर कतिपय फेसबुक प्रयोगकर्ताले अतिनै तल झरेर गाली गर्नुमा त्यो निंदनिय भएको उनले बताए । त्यसैगरी किरात राई यायोक्खाका केन्ऽिय उपाध्यक्ष दिवस राईले पनि यस्तो सामान्य विषयलाई धेरै विवाद ल्याउनु आवश्यक नरहेको बताए ।
किरात राई यायोक्खाको केन्द्रिय कार्यलयमा आयोजीत प्रेस मिटमा किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राई, किराया काठमाण्डौका अध्यक्ष दिलिप रुंगामाहाङ राईले बोलेका थिए । किरात राई युवा संघका अध्यक्ष मोहन राई, किरात राई विद्यार्थी संघका अध्यक्ष अर्जुन जुम्नेली राई, सुम्निमा संघकी अध्यक्ष मञ्जु सोताङ लगायतले सम्वृद्धी राईले अब किरात जातीको पहिचानलाई अध्ययन गरी अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
samriddhi rai forgive him by the press conference (1)केही दिन अगाडी साझा सवालको ४४४ औ भागको बहसमा उनले किराती राई लिम्बु केटाहरु हेर्न मन लादैन भनेकी थिइन् । त्यही बिषयमा उनको सामाजिक सञ्जाल फेसबुकमा आलोचनाको पात्र बनेरहेकी छिन् ।

samriddhi rai forgive him by the press conference (3)

samriddhi rai forgive him by the press conference (4)

samriddhi rai forgive him by the press conference (5)

samriddhi rai forgive him by the press conference (6)

प्रतिक्रिया