Bisal Chautari Logo

‘मोडल हन्ट नेपाल’को दोस्रो सिजन सुरु

- १३ जेष्ठ २०७३, बिहीबार ०४:२४ मा प्रकाशित


model hunt nepal 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १३ बिहिबार । मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउदै नया पुस्तालाई मोडलिङ सम्बन्धी आधुनिक ज्ञान दिदै फेसन तथा मोडलिङ जगतमा नया आयाम थप्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को दोस्रो सिजन सुरु भएको छ ।
model hunt nepal 2016मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मेडल हन्ट नेपाल २०१६’को आवेदन खुल्ला भएको जानकारी दिएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गतबर्षबाट नेपालमा सुरु भएको हो ।
प्रतियोगीताको पहिलो अडिसन यही २९ जेठबाट राजधानी देखि सुरु हुदैछ । राजधानीबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान ,बिर्तामोड हुादै पुन राजधानीमा आएर सकिनेछ ।
युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्‍याउनेले धमलाको दाबी थियो ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एकमहिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले ऱ्याम्प , व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूद्धारा प्रशिक्षण दिइने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगीतामा छानिएका प्रतियोगीले चिर्चित जर्मल फेसन डिजाइनर स्टेल म्यारिस हाफेलेले तयार पारेका फेसनका डिजाइन ऱ्याम्पमा शो गर्नेछन् । प्रतियोगिताको आवेदन फर्म मंगलबारबाटै वितरण सुरु गरिएको छ । सहभागी हुन चाहनेले फर्म तथा अन्य जानकारी नेक्स्ट मोडल्स नेपालको केन्ऽीय कार्यालय अनामनगरबाट पाउन सक्नेछन् । प्रतियोगितामा शीर्षसहित आधादर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया