Bisal Chautari Logo

समृद्धीले ‘राई लिम्बु केटा हेर्ने मन लागेन’ भनेर बोलेपछि सामाजिक सञ्जालमा विरोध (भिडियोसहित)

- १२ जेष्ठ २०७३, बुधबार ०८:२४ मा प्रकाशित


Samriddhi Rai Controversial Opinion 
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १२ बुधबार । मिस टुरिजम क्विन इन्टरनेसनल २०११को मिस पर्सानालिटी विजेता तथा गायिका समृद्धी राई अहिले सामाजिक सञ्जालमा आलोचनाको पात्र बनेकी छिन् । समृद्धीले साझा सवालको ४४४ औ भागमा ‘समाज र राजनितीबाट नेपाली युवाहरु के चाहन्छन् ?’ भन्ने बहसमा आफ्नै परिवार राई, लिम्बुलाई घृणा गर्ने कुरा बोले पछि सामाजिक सञ्जालमा आलोचनाको पात्र बनेकी हुन् ।
Samriddhi Rai Controversial Opinion social network in protestसाझा सवालको ४४४ औ भागमा सहभागी समृद्धीले ‘राई लिम्बु केटा हेर्ने मनलागेन’ भनेर आफ्नो विचार राखेकी थिइन् । समृद्धीले साझा सवालमा आफ्नो विचार राख्दै भनेकी छिन्,‘–हाम्रो राई समाजमा हुर्किदाखेरी मलाई कस्तो लाग्यो भने, मेरो पहिलो गीत निकाल्दाखेरी चाही धेरै मेरो कमेन्टहरुमा राई, किराती लिम्बुहरु आउनुभयो । उहाहरुले कस्तो ट्यालेन्टेड राई भन्नुभयो । तर मलाई खुसीपनि लाग्यो दुखपनि लाग्यो । किनभने ट्यालेन्टेड राई मात्र नभएर ट्यालेन्टेड नेपालीपनि भनिदिए हुन्थ्यो जस्तो लाग्यो ।’ थप्दै समृद्धीले भनिन् ‘–मेरो फुपुहरुले चाही हुर्किएपछी चाही राई लिम्बु केटा नै बिबाह गर्नुपर्छ है भन्नुहुन्थ्यो । त्यो भन्नुभएर नै मलाई झन् ‘राई लिम्बु केटा हेर्नै मन लागेन । किनत मलाई जातको क्रइट एरिया दिनुभयो? भन्ने हिसावले चाही चित्तै नबुझ्ने कुरा भयो ।’

बिबीसीको चर्चित कार्यक्रममा सार्बजनिक रुपमै किरातीहरु माथि यस्तो अपमानजनक शब्द प्रयोग गरे पछी किरात राई, लिम्बु युवा युवतीहरुले बहिस्कार गर्ने सम्मको बहस सामाजिक संजालमा गरि रहेका छन् । उता राई तथा लिम्बु समुदायका विश्लेशकहरुले समेत समृद्धीको आलोचना गरेका छन् । समाजिक सञ्जालमा राई, लिम्बु समुदायका फेसबुक पेज तथा व्याक्तिको प्रोफाइलबाट विरोधको शब्दहरु कमेन्ट तथा स्टाटसबाट पोस्ट भइरहेका छन् ।

सामाजिक सञ्जालमा धेरै विरोधहरु आएपछी समृद्धीले आफ्नो फेसबुक पेज मार्फत माफ मागेकी छिन् । जुन जस्ताको तस्तै तल हेर्नुहोला :

मेरा सम्पूर्ण किराती दाजुभाई तथा दिदि बहिनि माझ मेरो सेवारो अनि नमस्ते. हिजो अर्थात् आइतबार राति प्रसारित भएको कार्यक्रम साझा सवाल मा मैले भनेको कुराको प्रतिबाद देखेर म निकै नै दुखि छु. खास मा मैले भन्नु खोजेको कुरा र आखिर मा भनिएको कुरा मा मेरो नेपाली फरर बोल्न नसक्ने छ्यमता को गल्ति छ. तर यो मोड मा आएर म कसैलाई दोषी ठहरौन चाहन्न, किन भने म आलोचना को पात्र भएको म स्वीकार गर्छु. राष्ट्रिय मिडिया मा गएर मैले मेरो शब्द को चयन सोचेर गर्नु पर्ने थियो, जुन मैले गरेन र यसको लागि म हृदय देखि नै माफी चाहन्छु. म एउटा किराती को छोरी भएर किराती लाइ नै कसरि घृणा गर्नु? आखिर मा मेरो बाबा पनि राइ हुनुहुन्छा र म किराती हुनु र नेपाली हुनु मा धेरै नै गर्ब गर्छु. आखिर मा हामी नेपाली को थरि थरि को भाषा भेस अनि संस्कृति ले नै त हामीलाई संसार मा छुटै पहिचान दिएको छ. हामी किराती संग संगै सम्पूर्ण जात जाति ले गर्दा नै त हाम्रो देश भिन्न छ, सुन्दर छ, प्यारो छ. मेरो विचार एति मात्रै हो कि, कति दिन तिमि नेवार, म खस , तिमि पहाडी, मा मदेशी भनेर त त म म गर्ने? हामी यो भन्दा धेरै माथि उक्लेर देश को लागि धेरै गर्नु छ , गर्न सक्छौ, र गर्दै पनि छौ. मेरो “राइ लिम्बु लाइ मन दुखाउने“ वाक्य पक्कै पनि गलत थियो, यो मा मान्दछु र छ्यामा प्रार्थी छु. गल्ति सबै बाट हुञ्छ, आखिर मा मान्छे त हो, आफ्नो छोरी बहिनि लै जसरि माफी गरिदिनु हुञ्छ, तेसरी नै मलाई पनि माफी गरिदिन्हु होला. निरन्तर मेरो काम र कुरा ले मेरो प्यारो किराती समुदाय र सम्पूर्ण नेपाल अनि नेपालीहरुलाइ खुशी र गौरब दिने मेरो लक्ष्य मा साथ् दिनु होला भन्ने आशा राखेकी छु.
तपाई को आशिर्वाद र माया को खाचो छ मलाई,
  समृद्धि

सबै केमेन्टहरु सामाजिक सञ्जाल फेसबुक र समृद्धीकै फेसबुकको कमेन्टबाट लिइएको हो ।

Samriddhi Rai Controversial Opinion social network in protest (1)

Samriddhi Rai Controversial Opinion social network in protest (7) Samriddhi Rai Controversial Opinion social network in protest (6) Samriddhi Rai Controversial Opinion social network in protest (5) Samriddhi Rai Controversial Opinion social network in protest (4)

प्रतिक्रिया