miss newa icon 2016 – 1136 second audition
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ११ मंगलबार । ‘मिस नेवा आईकन–११३६’ (२०१६)को दोस्रो अडिसन सम्पन्न भएको छ । दरबार मार्गको शेर्पा मलमा अवस्थित रेड कार्पेट रेस्टुेन्टमा गरिएको दोस्रो अडिसनमा १५ जना सहभागीहरु युवतीहरुबाट ४ जना छनौट गरिएको आयोजक रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले बताए ।
पहिलो अडिसनबाट २३ बढी युवतीहरुबाट १३ जना छनौट गरिएको थियो भने, दोस्रो अडिसनबाट ४ गरी अन्तिम प्रतिस्पर्धाका लागी १४ जना युवतीहरु छनौट भएका छन् ।
दोस्रो अडिसनका जजहरु क्रमश: रेक्स फेसन होमका प्रमुख सल्लाहकार तथा अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर, चर्चित गायक तथा संस्थाका सल्लाहकार निर्णय श्रेष्ठ, पुर्व मिस नेपाल इभाना मानन्धर, एबिसी टेलिभिजनको कार्यक्रम प्रस्तोता शुसिल पाण्डे र रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेस रञ्जितकार रहेका थिए ।
पहिलोपटक रेक्स फेसन होमले आयोजना गरेको ‘मिस नेवा आईकन–११३६’ (२०१६) नेवार समुदायको कला, संस्कृति, धर्म, भाषा, साहित्यलगायत विविध पक्षलाई समेट्नेछ ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा हुने यस प्रतियोगिताको अन्तिम फाइनल ११ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष खगेश रञ्जितकारले बताए । साथै विनरलाई १ लाख क्यास प्राइज कार्यक्रममै दिइने समेत खगेशले बताएका छन् । त्यस्तै १९ विधा सबटाइटल रहनेछ । जस अन्र्तगत मिस फोटोजेनिक, मिस ट्यालेन्ट, मिस व्युटि विथ प्रपोज, मिस क्याटवाक, बेस्ट फिगर, मिस डिसिप्लेन, मिस पर्सनालिटि, मिस बेस्ट स्माइल, मिस कन्फिडेन्ट, मिस भिवरच्वाइज, बेस्ट हेयर, बेस्ट स्किन, बेस्ट ड्रेस, कल्चरल एम्बेस्डर, मिस मल्टिमेडिया, मिस फ्रेण्डसिप, मिस चार्मिङ, बेस्ट नेपाल भाषा सबटाइटल रहनेछ ।
प्रतिक्रिया