mister and miss Nepal slc Icon 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ९ आइतबार । विभिन्न वर्ग र उमेरका लागि सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता गर्दै आएको अल नेपाल पब्लिकेशनले मिष्टर एण्ड मिस नेपाल्स एसएलसी आइकन २०१६ को अयोजना गर्ने भएको छ । १८ वर्ष देखि शैक्षिक तथा ८ वर्षदेखि मनोरन्जनको क्षेत्रमा अनुभव प्राप्त गरेको अल नेपाल पब्लिकेशनले एसएलसी दिएर बसेका किशोर किशोरीमा अन्र्तनिहीत प्रतिभा प्रष्फुटन र उनीहरुको व्यक्तित्व एवं क्षमता अभिृबद्धीका लागि राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
अल नेपाल पब्लिकेशनका प्रबन्ध निर्देशक लब बहादर कार्कीका अनुसार कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा शम्भु प्रसाद रेग्मीको संयोजनमा हुने प्रतियोगितामा एसएलसी दिएर बसेका किशोर किशोरी यो प्रतियोगितामा सहभागी छन्। विविध विषयहरुमा एक महिने तालिम दिईसकेपछि प्रतिस्पर्धी किशोर किशोरीहरुलाई अन्तिम स्पर्धामा उतारिने कार्कीले जानकारी गराए। प्रतियोगिताको तयारी कक्षा लिईसकेपछि प्रतिस्पर्धीहरुलाई ती कक्षाले परिर्वतित समाजसंगै आफुलाई व्यवस्थित र मर्यदित बनाउन सघाउने तथा सामाजिक उत्तरदायित्व प्रति सचेत बनाउने उनले बताए। प्रतियोगितामा प्राप्त ज्ञानको सदुपयोग गर्दै विद्यार्थीहरुले आफुसित भएको क्षमता पहिचान गर्न, व्यतिmत्व विकास जस्तो महत्वपूर्ण तालिम प्राप्त गर्ने, समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमताको विकास गर्न, सार्वजनिक सभा, समारोह आदिमा दृढ विश्वासका साथ बोल्न र प्रस्तुत हुन, रिस व्यवस्थापनजस्तो उपयोगी शिक्षा हासिल गर्न, सकारात्मक सोचको बिकास गर्न, आफ्नो भविष्यको सही मार्ग निर्धारण गर्न, समयको सहि सदुपयोग गर्न । चलचित्र, टेलिचलचित्र, विज्ञापन म्यूजिक भिडियो आदिमा अभिनय तथा काम गर्न, स्टेज तथा मोडलिङ सम्बन्धि ज्ञान हासिल गर्न सरल हुने आयोजकले जनाएका छन्। प्रतियोगितामा ११ किशोर र २१ किशोरी गरी कुल ३२ जनाले अन्तिम स्पर्धामा प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा सामेले सम्पूर्ण विद्यार्थीहरुलाई ईड–मार्क एकेडेमी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, पेन्टागन इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कूल, क्याम्ब्रीज इन्टरनेशनल कलेज, ब्राइट फुचर कलेज, जीएस कलेज, ओमेगा कलेज, मोलिस कलेज, जुबीलेन्ट कलेज र इन्टेनशिभ कलेजमध्ये एकमा पूर्ण छात्रवृति प्रदान गरिने कार्कीले बताए ।
प्रतिक्रिया