Bisal Chautari Logo

अभिनेता साहरुखको ‘चेन्नाई एक्सप्रेस’ हेर्न नेपालिलाई आग्रह ( भिडियो सहित )

- १७ श्रावण २०७०, बिहीबार ११:४५ मा प्रकाशित


बलिउड अभिनेता साहरुख खान यतिबेला चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनका लागि विश्वव्यापी दौडमा छन् । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका पादुकोणलाई देख्न सकिन्छ । चलचित्रको प्रमोशनका लागि लण्डन पुगेका बलिउडका अभिनेता साहरुख खान र अभिनेत्री दीपिका पादुकोणले सम्पुर्ण नेपालीलाई ‘चेन्नाई एक्सप्रेस’ हेर्न नविर्सनुहोला भन्दै आग्रह गरेका छन् । भिडियोमा साहरुखले भनेका छन्, ‘मेरो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ नेपालमा अगष्ट ९ देखि प्रदर्शन हुँदैछ, हेर्न नविर्सनुहोला ।’

यो चलचित्र विश्वका ६० देशमा एकैसाथ प्रदर्शनमा आउदैछ । बलिउडमा यो चलचित्रलाई यो बर्षकै बीग रीलिजको रुपमा हेरिएको छ । चलचित्रको नेपाल प्रदर्शन जिम्मा दर्शना आर्टस्ले लिएको छ । यसैपछि चलचित्रको बिहिबार बेलुकी विशेष पत्रकार शो पनि गरिने भएको छ । चलचित्रको पत्रकार शो काठमाण्डौको बीग सिनेमामा गरिनेछ । यस्तै अगष्ट ११ अर्थात आइतबार बाढीपिडितका लागि चलचित्रको च्यारेटी शो पनि गरिनेछ । अहिले बलिउडका चचिर्त कलाकारहरु नेपालमा सिनेमा प्रदर्शन हुँदा उत्सुकताका साथ नेपालीलाई सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया