Sonakshi Sinha in nepal kathmandu
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३१ शुक्रबार । चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आइपुगेकी छिन् । राजधानीको टुडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन बलिउड अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह १ बजेर ५५ मिनेट जादा काठमाडौं आइपुगेकी छन् । सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो ।
सोनाक्षी आउने समय आयोजकले सार्वजनिक गर्न नचाहेका कारण एयरपोर्टमा उनका फ्यानहरु जम्मा हुन सकेनन् । मिडियाको उपस्थिती पनि न्यून थियो । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा त्रिभुवन विमानस्थलबाट सोनाक्षी बाहिरिएकी थिइन् । उनलाई आयोजकले सोल्टी होटलमा लगेको छ । उनले चार घन्टाअघि मात्रै आफू काठमाडौं आउन लागेको भन्दै ट्वीटमा लेखेकी थिइन् ‘लेट्स डान्स’ ।
कार्यक्रममा उनीसागै मलाईका अरोरा पनि बलिउडबाट प्रतिनिधित्व गर्ने छिन् । मलाईका भने बेलुका मात्रै आईपुग्ने बताइएको छ ।
सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासागै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् । ‘राईजिंग फ्रम त एसेस’ नारा दिइएको उक्त कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको सैनिक श्रीमती संघ नेपालले जनाएको छ ।
प्रतिक्रिया