Shristi Shrestha wants to works with Saugat Malla
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३० बिहिबार । जेठ २८ बाट रिलिजको तयारीमा रहेको चर्चित अभिनेता अनमोल केसी अभिनित पछिल्लो चलचित्र ‘गाजलु’ हिरोइन सृष्टि श्रेष्टले अर्का अभिनेता सौगात मल्लसँग स्कृन सेयर गर्ने ईच्छा व्यक्त गरेकी छिन् ।
चलचित्र ‘गाजलु’ मार्फत नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी पुर्व मिस नेपाल सृष्टि र अनमोलको तारिफ, चर्चा भइरहेको छ । चलचित्र ‘गाजलु’ संवादमा सोधिएको अनमोलपछि अब नेपालका कुन कलाकारसँग स्कृन सेयर गर्ने ईच्छा छ भन्ने फरक प्रसंगमा सृष्टिले पहिलो नम्वरमा सौगातको नाम लिईन् । भनिन्, ‘सौगातको अभिनय कलाले म प्रभावित रहेको छु, र मैले सौगातको अभिनय कक्षामा समेत सहभागी भएको छु ।’
पहिलो चलचित्रको रिलिजलाई लिएर केहि उत्साहित र नर्भस बनेकी सृष्टिले ‘गाजलु’मा गरेको मेहनतको प्रतिफल चलचित्र हलमा आएपछि दर्शकबाट पाउने आशा व्यक्त गरिन् । एकल प्रयासमा भन्दा पनि टिमवर्ककै कारण ‘गाजलु’ राम्रो बनेको दाबी सृष्टिको छ । श्रृष्टीले चलचित्रका बारेमा बोल्दै भनिन्, ‘यो चलचित्रमा म पूर्व कुमारीको भूमिकामा छु । जो कुमारी घरबाट निस्किएपछि कसरि अगाडि बढ्छे भन्ने कथा देखाइएको छ ।’ रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया