Bisal Chautari Logo

बाबुले ‘रेस्पेक्ट’ सार्वजनिक गर्दै वरिष्ठ गायिका तारालाई सम्मान गरे (फोटोफिचरसहित)

- २८ बैशाख २०७३, मंगलवार १५:२६ मा प्रकाशित


baboo bogati ‘Respect’ release The senior singer tara thapa to honor made
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख २८ मंगलबार । गायक, संगीतकार तथा अभिनेता समेत रहेका बाबु बोगटीले सांगीतिक करियरको पाचौ एल्बम ‘रेस्पेक्ट’ लिएर श्रोतामाझ आएका छन् । उनको एल्बमको राजधानीमा आयोजित कार्यक्रममा सदाबहार नायिका करिश्मा मानन्धर, गायक, संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
baboo bogati 'Respect' release The senior singer tara thapa to honor madeएल्बम विमोचन समारोहमा वरिष्ठ गायिका तारा थापालाई ११ हजार १ सय ११ रुपैंया नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो ।
baboo bogati 'Respect' release The senior singer tara thapa to honor made (1)एल्बममा ‘धेरै पछि’, ‘साली ओ साली’, ‘बज्दैन मुर्चुङ्गा’, ‘म त हिड्नुपर्ने’, ‘सपनीमा’, ‘मनै त हो’, ‘यो सााझ’, ‘के भयो’ र ‘हेर फूल्न थाले’ बोलका गीत छन् । बाबुको सोलो संगीत र गायन रहेको एल्बममा सुसन खड्का, बासुदेव मुनाल, लोकेश बोगटी, टंक विकल्प, खेम रिजाल, नविन सुवेदी, बाबु र राजेश घतानीको शब्द छ ।
baboo bogati 'Respect' release The senior singer tara thapa to honor made (5)कार्यक्रममा एल्बमका ‘धेरै पछि’ र ‘साली ओ साली’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । बाबुले यसअघि २०५७ सालमा ‘पुल्चोक पाटन’, २०६० सालमा ‘रिक्वेष्ट’, २०६३ सालमा ‘रिजल्ट’ र २०७० मा ‘प्रायश्चित’ एल्बम श्रोतालाई दिईसकेका छन् । बाबुले गाएका ‘फेरि त्यो दिन’, ‘सान्नानी’, ‘जमुना’लगायतका गीत हिट गीतमा पर्दछन् । बाबु आफैमा फिल्मका नायक पनि हुन् ।

baboo bogati 'Respect' release The senior singer tara thapa to honor made (6)

baboo bogati 'Respect' release The senior singer tara thapa to honor made (2)

baboo bogati 'Respect' release The senior singer tara thapa to honor made (4)

baboo bogati 'Respect' release karishma manandhar

baboo bogati back with his 5th music album “RESPECT”
song-sali 0 sali sali sali
music & vocal-baboo bogati
lyrics-basudev munal
company-Tulsi Entertainment Pvt.L.td note: copy rights of this video is strongly probihated.it is only the rights with tulsientertainment Pvt.Ltd

प्रतिक्रिया