Rajesh Payal Rai recorded the song in the United States
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २२ बुधबार । राई इज किङ अर्थात नेपाली सुगम गायन तथा पाश्र्व गायनका बादशाह राजेशपायल राई नेपालमा हुदा दैनिक ४–५ वटा गीत रेकर्डिङ गर्छन् । विदेश कार्यक्रममै बढी समय नेपाल बाहिर हुने भएकाले चलचित्रका लागी धेरै समय कुरेकोपनि धेरै संगतिकार तथा निर्देशकहरुबाट सुन्न पाइन्ट । तर गायक राजेश पायललाई गीत रेकर्डका लागी अमेरिकामा समेत छाडेनन्, न्युयोर्कमा एक डोयट गीत रेकर्ड गराएका छन् ।
हाल अमेरिकाको विभिन्न राज्यहरुमा भव्य शो गर्दै आईरहेका राजेशपायल सोही क्रममा गत सोमवार न्युयोर्क आइपुगेका थिए । यो कुरा थाहा पाएपछि न्युयोर्क निवासी गायिका पविता परिवारले उनलाई डुएट सोंग (युगल गीत) गाउन आग्रह गरिन् । राईले पविताको आग्रहलाई नाई नभनि गीत रेकर्ड गर्न राजि भए । ‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ बोलको उक्त गीतमा सुमन बुद्ध मगरको शव्द तथा संगीत रहेको छ ।
गायक राजेशपायलले भारतपछि मुम्बईबाहेक विदेशमा गीत रेकर्ड गरेको यो दोस्रो मुलुक हो । अमेरिकामा बस्दै आएका संगीतकार ओम कर्माचार्यले केही वर्ष अगाडि खोलेका न्युयोर्क्स्थित ओम मेगा स्टुडियोमा उक्त गीत रेकर्ड भएको हो । राईको मे ७ तारिखका दिन न्यु हेम्पशायरमा जन्मभूमिको लागि कार्यक्रम हुंदै छ। कार्यक्रममा राईसंगै महानायक राजेश हमाल, नायिका केकी अधिकारी र प्रिसिलाको समेत प्रस्तुती रहने छ ।
प्रतिक्रिया