Bisal Chautari Logo

बलिउड फ्लेबरमा ‘द विनर’ || फष्ट लुक र गीत सार्बजनिक संगै व्यापारमा आसा जगायो (भिडियो सहित)

- १९ बैशाख २०७३, आईतवार १५:५० मा प्रकाशित


THE WINNER movie Malina Joshi Mahesh Man Shrestha and Manchin Shakya
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २९ आइतबार । हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको चलचित्र ‘द विनर’को आईतबार राजधानीमा औपचारीक कार्यक्रमका बिच फिल्मको फष्ट लुक र एक गीत सार्बजनिक गरिएको छ ।
THE WINNER movie Malina Joshi Mahesh Man Shrestha and Manchin Shakyaचलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केहि समय अघि सार्बजनिक गरिएको फिल्मको टिजर र ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्बजनिक गरियो । पछिल्लो समय चर्चामा रहेको टिजरले उपस्थित संचारकर्मीको समेत ध्यान खिच्न सफल रह्यो ।
सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ । सार्बजनिक गीतलाई समेत संचारकर्मीले रुचाएका छन् ।
गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले समेत प्रसंसा गरे । उनले बलिउड फ्लेबरमा चलचित्रले संकेत देखाएको भन्दै स्तरीय चलचित्र निर्माणमा रहेका निर्माता र कलाकारलाई सफलताको लागि शुभकामना दिए । उनले स्तरीय चलचित्रको अभाब रहेको बताउदै आफु सदैब स्तरीत चलचित्रको पक्षमा रहने बताए ।
THE WINNER movie Malina Joshi Mahesh Man Shrestha and Manchin Shakya-1कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले समेत चलचित्रले शुभ संकेत देखाएको भन्दै सफल ब्यापार गर्ने आशा ब्यक्त गरे । कार्यक्रममा पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी,नायक महेशमान श्रेष्ठ,मन्चिन शाक्य,कलाकार राजकुमार पन्त,रेशु तामाङ र अमित गिरी सहभागी थिए ।
निकै स्तरीय तरिकाले आयोजना गरिएको कार्यक्रममा निर्माण कम्पनीका प्रमुख सुबोध ठकुरी,निर्माता बिकास खरेल,रितेश राणा, निर्देशक हिक्मत बिष्ट लगायतका कलाकारले फिल्म बारे बोलेका थिए ।
चलचित्रमा सृजना शाह,बिकास खरेल,अमित गिरी,राजेश प्रसाद जोशी र निरज श्रेष्ठले लगानी गरेका हुन् । यस्तै चलचित्रको कार्यकारी निर्माता रितेश राणा र सुशिल पन्त हुन् ।
नेपाल,दुबई र अष्टलियामा छायाकन गरिएको चलचित्र आउदो भदौ १७ गते प्रदर्शन हुने जानकारी गराईएको छ । चलचित्र डायमण्ड स्टार फिल्मसले निर्माण गरेको हो ।

Pari | Nepali Movie THE WINNER | Malina Joshi, Mahesh Man Shrestha, Manchin Shakya

Starring: Malina Joshi, Mahesh Man Shrestha, Manchin Shakya, Reshu Tamang, Rajkumar Pant, Amit Giri
Music: Amit Shrestha
Lyrics: Amit Shrestha
Singer: Prabisha Adhikari, Kiran Bhujel
Background Music: Alish Karki
Choreographer: Kabiraj Gahatraj
Producer: Srijana Shah, Bikash Kharel
Executive Producer: Riteesh Rana, Sushit Pant
Co-Producers: Amit Giri, Rajesh Prasad Joshi, Niroj Shretha
Director: Hikmat Bista
Chief Assistant Director: Ram Khadka
Assistant Director: Bibek Lama
Story: Mahesh Man Shrestha
Dialogues: Mahesh Man Shretha, Reshu Tamang
Action: Himal KC
Screen Play: Abhay Baral
Distribution: Popcorn
Editor: Banish Shah, Milan Shrestha
Colorist: Manoranjan Shrestha
VFX: Ananta Ghimire
DOP: Purusottam Pradhan, Susan Prajapati, Antaio Mike
Production Designer: Buddhi Lal Magar
Costume Stylist: Manish Rai, Nishu Kandel, Tashi Dolma Sherpa
Make/Hair Designer: Keshab Tamakhu, Saraswati Shrestha
Wardrode: Shreenath Collection
Poster Designer: Kamal Shrestha
Post Production: FD Studio
Brand Partner: Avugusta,Volwx Wagor
Publicity Manager: Shyam Sundar Giri

प्रतिक्रिया