The World Vision Mobile ctv nepal
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख २९ आइतबार । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ग्राहकहरुले रुचाएको तथा नेपालमै ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले सुन्धारास्थित सिटिसि मलमा एक बर्ष पछि आफ्नो मल्टिब्राण्ड सोरुम द वर्ल्डभिजन मोबाइल प्रालिबाट कारोबार सुरु गरेको छ ।
गतबर्ष गएको बिनाशकारी भूकम्पपछि बन्द रहेको सिटिसी मलमा पुनमर्मत पछि द वल्र्ड्भिजन मोबाइलले आफ्नो मल्टिब्राण्ड सोरुम बाट आकर्षक छुट सहित कारोबार सुरु गरेको हो । गत मंगलबार बाट कारोबार शुरु गरिएको जानकारी दिदै कारोबार शुरु भएको अबसरमा ग्राहकहरुलाई स्टक क्लियरेन्समा रहेका बिभिन्न मोबाइल कम्पनीका सेटहरुमा ३५ प्रतिशत सम्म छुट तथा छुट अफर सागै हरेक मोबाइलको खरिदमा स्ट्रिकर कभर पनि फ्रि मा उपलब्ध गराउने द वल्र्ड्भिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए ।
द वल्र्ड्भिजन मोबाइल प्रालिको सोरुममा ९ सय ९९ रुपैयाादेखि १ लाख २० हजार रुपैयाासम्म मुल्यपर्ने मोबाइल राखिएको छ । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गरिने, मोबाइलबारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकार सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था पनि मिलाइएको छ ।
अघिल्लो बर्ष मोबाइल मेलाको अबसर पार्दै कारोबार संचालन गरेको द वल्र्ड भिजन मोबाइल प्रालिले आफ्ना ग्राहकहरुलाई एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिस र बजार उपलब्ध सबै किसिमका एशोसरिज एकै ठाउाबाट पाइने ब्यबस्था मिलाएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
‘गेटिङ बिगर’ मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको छ । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।
१ घण्टामै मोबाइल मर्मतबाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा ताम्रकार कम्प्लेक्स स्थित सिटि टप भिजन र सिटिभी केयर, दरबारमार्ग्स्थित मर्कनटायल प्लाजामा रहेको द एप्पल वल्र्ड, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्समा समेत रहेको जनाएको छ ।
प्रतिक्रिया