Dilip Rayamajhi and Sapana Rokka movie Uhile Bajeko Palama
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख १९ आइतबार । अभिनेता दिलीप रायमाझी, पुर्व मिस मंगोल सपना रोक्का र खुस्बु खड्का अभिनित चलचित्र ‘उहिले बाजेको पालामा’ २४ वैशाखबाट काठमाडौं उपत्यादेखि प्रदर्शनी आउने निर्माण पक्षले जानकारी गराएको छ । मोफसलमा यसको प्रदर्शन जेठको पहिलो साताबाट मात्र हुने गत बिहीबार राजधानीमा आयोजिता पत्रकार भेटघाटमा निर्माण पक्षले जानकारी गरायो ।
चलचित्रमा परम्परागत शैलीका जीवन भोगाइ, रहनसहन, रुढिवादी संस्कार, फरक प्रेमप्रसंगलगायतका पुराना विषयवस्तु नयाा तरिकालेसमेटिएको कार्यक्रममा जानकारी गराइयो । आफ्ना पुराना संस्कार बचाउन प्रेरित गर्ने यो चलचित्र सबैले हेर्नुपर्ने धारण सो कार्यक्रममा साहित्यकार ज्ञानु वाक पौडेल, गीतकार अरुण कुमार शाह, अभिनेता श्याम अर्याललगायतले व्यक्त गरे । कार्यक्रममा चलचित्रका कलाकारसमेत रहेका निर्मातागणेश बेल्बासेले भने, ‘हाम्रो चलचित्र बाजेदेखि नातिसम्मका दर्शकलाई मिल्दो र हेर्दा मन पर्ने प्रकारको छ ।’ वसन्त जीएमको निर्देशनमा तयार भएको यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको पनि उनले बताए ।
त्यस्तै चलचित्रकी अभिनेत्री एवं पूर्वमिस मंगोल सपना रोक्काले चलचित्र उत्कृष्ट बनेको बताइन्, । कार्यक्रममा सो चलचित्रका कलाकार नवीन श्रेष्ठ, माधव पण्डितलगायतले चलचित्रमा आफूले निर्वाह गरेको भूमिकामको जानकारी गराए ।
चलचित्रका कार्यकारी निर्माता तथा वितरक सुनिल मानन्धरले यो सिनेमा मुलुकका प्रमुख स्टेसनमा प्रदर्शनी हुने जानकारी दिए । यो चलचित्रमा दिलीप रायमाझी, खुस्बु खड्का, गणेश बेलबासे, सपना रोका, रवीन्ऽ आचार्य, माधव पण्डित, कमल गाउाले, नवीन श्रेष्ठ, मिउन जिरेलको चलचित्रमा मुख्य भूमिका छ । चलचित्रमा बिपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको द्वन्द्व रहेको छ ।
Artist: Dilip Rayamajhi,Nabin Shrestha,Khusbu Khadka,Kamal Gaule,Gadesh Belbase,Sapana Rokka,Madab Pandit Etc.
Music: Bipin Acharya
Mathur Acharya,Bipin Sagar
Action: Bharat Chhetri
Story: Ganesh Belbase
Camera: Harinarayan Chaudhari
Editor: Mitra D Gurung
Choreographer: Susma KC,Nisan Bhandari
Co-Producer: Yadab Saighali
Producer: Chetan Koirala
Direction: Basanta G.M.
प्रतिक्रिया