tayahangma rai recording kurirahe timilai song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १२ सोमबार । गायिका तायाहाङ्मा राई पछिल्लो समय गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । सोही क्रममा गायिका तायाहाङ्माले गत आइतबार ‘कुरिरहे तिमिलाई फर्कि आउछौ भन्ने आसमा’ बोलको गीत रेकर्डिङ गरेकी छिन् ।
रेकर्डिङको क्रममा बोल्दै गायिका तायाहाङ्माले विशाल चौतारीसंग कुराकानी गर्दै भनिन्, ‘सधै गाइरहने गीत भन्दा अलि फरकस्वादको गीत मेरा दर्शक–श्रोताका लागी तयार पारेको छु ।’ थप्दै भनिन्, यो गीतबाट मलाई धेरै आसापनि रहेको छ, गायिका राईले भनिन् ।
रेकर्डिङ भएको गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ, भने एरेञ्जमेन्टको काम शैलेस श्रेष्ठले गरेका छन् । गीत रेञ्ज रेकर्डिङ स्टुडियोमा भएको थियो । साथै यस गीतको म्युजिक भिडियोपनि चाडै गरिने गायिका राईले बताइन् ।
प्रतिक्रिया