
Satyaraj Acharya wife Anita Acharya fourth enibharsari Special Gift Kali
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १२ सोमबार । नेपाली सुगम संगीतका प्रखर गायक सत्यराज आचार्यले आफ्नै स्वर, संगीत र रचनामा अडियो गित गजल संग्रह तयार पारेका छन् । मधुशाला नाम दिइएको यो गीत गजलको एलबमलाई नेपाली गीत गजल सङ्गीतको ईतिहासमै एउटै स्रष्टाको स्वर, संगीत र रचनाको सम्भवत: पहिलो एलबम मानिएको छ।
विन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन र वितरण गर्ने यो गिती गजल एलबममा कुल ८ वटा गीत गजल रहेका छन्। यसका सबै गजलमा सङ्गीत संयोजन एकल रुपमा किरण काडेलले गरेका छन्। बिन्ध्यवासिनी म्यूजिक प्रालिले चााडै नै बजारमा ल्याउने तयारी गरेको एलबममा संगृहित एउटा गजल ‘गोरीभन्दा मलाई त काली मन पर्यो, अलि सोझी अलि अलि जाली मन पर्यो’ भने सत्यराजले आफ्नो चौथो बैबाहिक वर्षगााठ पारेर सोमबार बैशाख १३ गते आफ्नी श्रीमती अनिता थापालाई बैबाहिक वर्षगााठको उपहारका रुपमा सार्वजनिक गर्दै छन्। यो गीत गजल मैले अनितालाई नै डेडिकेटेड गरेर तयार पारेको हु । त्यसैले म्यारिज एनिभर्सरी पारेर एलबम सार्वजनिक गर्नुअघि नै उनलाई एनीभर्सरी गिफ्टका रुपमा यो गजल सार्वजनिक गर्न लागेको हु गायक आचार्यको भनाई छ ।
सत्यराजका अनुसार यो गीत गजल बैशाख १३ गते सोमबारका दिन सम्पूर्ण एफएम रेडियो, टेलिभिजन, यु ट्यूब, फेसबुकलगायत सामामाजिक सञ्जालमार्फत सार्वजनिक हुनेछ। यो गीत गजलको म्युजिक भिडीयो पनि बनिसकेको छ। भिडीयोमा सत्यका साथमा पहिलोपटक उनको अर्धागिंनी अनिताले अभिनय गरेककी छिन्। भुषण दाहालको निर्देशन रहेको म्युजिक भिडीयोमा अनिता गर्भवती देखिएकी छिन्। तर यो केवल अभिनयमात्र भने होईन । म्युजिक भिडियोको छायांकन गर्ने समयमा उनी वास्तवमै ७ महिनाको गर्भवती थिईन्। त्यतिखेर अनिताको गर्भमा रहेका छोरा सङ्गीतराज आचार्य नै अहिले डेढ बर्षको भई सकेका छन्। भिडीयो धिरज जङ्ग शाहले खिचेका छन् भने सम्पादन भरत रेग्मीले गरेका छन्।
प्रकाशोन्मूख यो एल्बमको रेकर्डिङ र मास्टरिङ मित्र लामाले सङ्गम रेकर्डिङ्ग स्टुडियोमा गरेका हुन। मधुशाला एल्बम चाहिा आगामी जेठभित्र रिलिज गर्ने विन्ध्यवासिनी म्युजिक प्रालिका प्रवन्ध निर्देशक सुवास रेग्मीले जानकारी गराए ।
Madhushala, a solo gazal album by Satyaraj Acharya.
Song: Gori Bhanda Malai Ta Kali Man Paryo गोरी भन्दा मलाई त काली मनपर्यो
Vocal : Satyaraj Acharya
Lyrics / Music : Satyaraj Acharya
Album : Madhushala
Camera: Dhiraj Jung Shah
Director : Bhushan Dahal
Editor : Bharat Regmi
Models : Satyaraj Acharya and Anita Acharya
प्रतिक्रिया