Bisal Chautari Logo

शिक्षकलाई विद्यालयमा ‘कोचिङ’

- २४ श्रावण २०७०, बिहीबार १२:२५ मा प्रकाशित


दाङ, २४ साउन । 
शिक्षा कार्यालयले अंग्रेजी माध्यमको पढाईलाई सघाउन शिक्षकलाई ‘कोचिङ’ कक्षा दिन थालेको छ । जिल्लाका ७ विद्यालयमा यो कक्षा शुरु गरेको शिक्षा कार्यालयले जनाएको छ ।
पहिलो चरणमा ति विद्यालयका प्राथमिकतहका शिक्षकलाई ‘कोचिङ’ थालेको शिक्षा अधिकारी जीतबहादुर शाहले वताए । सामुदायिक स्कुलमा  बिद्यार्थी बढाउन जिल्ला शिक्षा कार्यालयले अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्न केही वर्ष अघि निर्देशन गरेको थियो ।
जिशिकाको सोही निर्देशन अनुसार जिल्लाका अधिकास सामुदायिक बिद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन । तर, नेपाली माध्यमबाट पढाउादै आएका शिक्षकहरुलाई अंग्रेजी माध्यमबाट पढाउन गाह्रो समेत भएको छ ।अंग्रेजी माध्यमको पढाईलाई प्रभावकारी बनाउने उदेस्यले जिल्ला शिक्षा कार्यालयले शिक्षकहरुलाई कोचिङ क्लास दिन सुरु गरेको  जनाएको छ । ‘अंग्रेजी माध्यमको पढाईबाट हामीहरुले जति अपेक्षा गरेका थियौा,त्यति उपलव्धी भएन,’जिल्ला शिक्षा अधिकारी जीतवहादुर शाहले भने‘यसलाई प्रभावकारी बनाउनका लागि अहिले कोचिङ दिन  थालेका छौ ।’ उनका अनुसार सुरुमा शिक्षकहरुले कोचिङ क्लास पढ्छन् अनि बिद्यार्थीहरुलाई सिकाउाछन् ।
यस शैक्षिक सत्र देखि कोचिङ पढाउन सुरु गरेको जिल्ला शिक्षा कार्यालयले सुरुवाती बर्षमा सात बिद्यालय छनौट गरेको छ । अंग्रेजी बिषय सिकाउनका लागि जिल्ला शिक्षा कार्यालयले एक शिक्षकलाई स्रोत शिक्षकका रुपमा नियुक्त समेत गरेको छ । शिक्षा कार्यालयद्वारा नियुक्त शिक्षक बिजय कुमार चौधरीले यस बर्ष सात वटा बिद्यालयका करिब ४० शिक्षकहरुलाई अंग्रेजी सिकाईरहेका छन् । उनले शिक्षकहरुलाई अंग्रेजीमा बोलीने सामान्य भाषा, शब्द निर्माण सिकाउने गरेका छन् । ‘खासगरी उहााहरुलाई अंग्रेजी भाषा बोल्न तथा बिद्यार्थीहरुलाई अंग्रेजी भाषाबाट कसरी उत्प्रेरीत गर्ने भन्ने बिषयमा सिकाउने काम भएको छ ’ शिक्षा अधिकारी शाहले भने । यसबर्ष घोराही, नारायणपुर,बिजौरी र लक्ष्मीपुर गाविसका सात बिद्यालयका शिक्षकहरुले अंग्रेजी भाषा सिकिरहेका छन् ।
पहिलो चरणमा सात बिद्यालयका शिक्षकहरुलाई अंग्रेजी सिकाउने जिम्मा पाएका चौधरीले प्रत्यक बिद्यालयमा गएर अंग्रेजी सिकाउने गरेका छन् । सामुदायिक विद्यालयमा बिद्यार्थीहरु घट्दै जान थालेपछि जिल्ला शिक्षा कार्यालयले निजी स्कुल सरह अंग्रेजी माध्यमको पढाई सञ्चालन गरेर बिद्यार्थी संख्या बढाउने लक्ष लिएको थियो । तर पुराना नेपाली शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय समक्ष अंग्रेजी माध्यमबाट पढाउन गाह्रो भएको गुनासो समेत गर्दै आएका छन् । ‘नेपाली पढाउादै आएका पुराना शिक्षकहरुलाई अंग्रेजी माध्यमबाट पढाउन असजिलो हुने भएको एक शिक्षकले भने । ति शिक्षकले अधिकांश बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाउनका समस्या भएको समेत बताए । ‘शिक्षक विद्यार्थी सवै अन्यौलमा पर्ने अवस्था छ,’उनले भने ‘गुणस्तर शिक्षाको नाममा थप अन्यौलता पैदा समेत भएको छ । जिल्ला शिक्षा कार्यालयको निर्देशन अनुसार जिल्लाका कुल ४ सय २६ सामुदायिक बिद्यालय मध्य हाल ४ सय जती बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाई भैरहेको छ । अंग्रेजी माध्यमको पढाई सुरु गरिनसकेका विद्यालयहरुमा पनि सुरु गर्ने तयारी भैरहेको जिशिकाले जनाएको छ । हाल सम्म अंग्रेजी माध्यमको पढाई सुरु गरेका बिद्यालयहरुले तीन कक्षा सम्म अंग्रेजी माध्यमको पढाई सुरु गरेका छन् । तर केही बिद्यालयहरुले भने माथील्लो कक्षा सम्म पनि अंग्रेजी माध्यमबाट पढाउने गरेका छन् ।

प्रतिक्रिया