Bisal Chautari Logo

अमेरिकामा दुई राजेशको शान फेरी झल्कियो

- १३ बैशाख २०७३, सोमबार १६:१७ मा प्रकाशित


rajesh payal rai and rajesh hamal program in usa
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १२ सोमबार । महाभूकम्पले तहसनहस पारेको देश नेपाललाई केही राहत दिन दुई स्टार राजेश हमाल र राजेशपायल राई यतिखेरा अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुती गर्दैछन् । भूकम्पले भत्काएका विद्यालयको पुननिर्माणको लागि कार्यक्रमहरु गरिरहेका छन् ।
rajesh payal rai and rajesh hamal program in usaयसै क्रममा शनिवार भर्जि्नियाको मनासासमा भव्य अनि सभ्य कार्यक्रमको आयोजना गर्यो । महानायक राजेश हमाल, राई इज किङ राजेशपायल, सन्दीप क्षेत्री र केकी अधिकारीको जोरदार प्रस्तुतीले भर्जि्नियाबासी मन्त्रमुग्ध बने ।
उक्त कार्यक्रममा मुख्य आकर्षण प्रिसीला संखर रहिन्। उनले गायक राईसंग सागर सरी चोखो माया, तिमीले बाटो फेर्यौ अरे लगायत गीतमा साथ दिएकी थिइन् । यही कार्यक्रम आइतवार फेरि बाल्टीमोरमा हुंदैछ ।

प्रतिक्रिया