Dinesh Pakhrin the direction of becoming a movie Teenage
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १२ सोमबार । दुई दशकदेखि चलचित्रको नृत्य बिधामा क्रियासिल दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनेज’ बन्ने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत भयो ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई प्रमुख अतिथी रहेको कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुसालले क्ल्याप पड्काएकी थिइन् भने राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक डिबी गुरुङले मुर्हत सटको निर्देशन गरेका थिए । कार्यक्रममा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्कालगायतले मुर्हत सट दिएका थिए ।
कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्र क्षेत्रको हकहितका खातिर आफुले दिनरात काम गरिरहेको जानकारी गराए । आफ्नो धेरै मिहनतले सेलिब्रेटी कार्डको रुपमा एक प्रक्रिया सुरु भएको बताउादै उनले घुमाउरो भाषमा कार्डको बिरोध भन्दा पनि सुधार्नु पक्षका बारेमा सुझाव दिन आग्रह गरे ।
कार्यक्रमम रंगपत्रकार सानुकाजी श्रेष्ठ, बरिष्ठ कलाकार बसुन्धरा भुसाल, समाज सेवी डिबी गुरुङलगायतले चलचित्र राम्रो बनाउन सुझाए ।
स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा /निर्देशन रहने चलचित्र चिनिमाया वाइवा (पाख्रिन), देविका खड्का, कृष्ण कुरुवाङको लगानीमा निर्माण हुन लागेको हो ।
चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामालगायतको अभिनय रहनेछ । सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश गोदार, दिक्षा पाख्रिन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको द्धन्द्ध रहनेछ ।
प्रतिक्रिया