Malvika Subba son name Zayir Rio Subba Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ११ सोमबार । पूर्व मिस नेपाल माल्भिका सुब्बा आमा बनेकी छन् । माल्भिका र जायिरको पहिलो सन्तान छोरा भएको छ ।
माल्भिकाले आमा बनेको खुसिको खबर ११ दिनपछि आफू आमा भएको सार्वजनिक गरेकी छन् । माल्भिकाले सामाजिक सञ्जाल इन्टाग्राम, फेसबुक र फेसबुक पेजबाट आफू आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।
वैशाख २ गते छोराकी आमा भएकी माल्भिकाले आज सोमबार मात्र परिवारमा खुशी छाएको सार्वजनिक गरेकी हुन् । सुब्बाले चार वर्षको वैवाहिक सम्बन्धपछि सुखद समाचार दिन पाउदा खुशी लागेको बताएकी छन् । सुब्बाले वैवाहिक सम्बन्धमा बााधिएको चार वर्ष पुगेकै दिन पुत्र लाभ भएको कुरा सार्वजनिक गरेकी हुन् । सुब्बाले फेसबुक पेजमा लेखेकी छिन्, ‘चार बर्षको वैवाहिक सम्बन्ध बाधिएको दिनमा सुखद समाचार दिन पाउदा खुशी छौ । यही वैशाख २ गते, अप्रिल १४ तारिक हामिलाई पुत्र लाभ भएको छ ।’
माल्भिकाले यो समयमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएकी छन् । उनले सहयोगीलाई धन्यवाद दिदै आफ्नो छोरालाई स्वागत गरेकी छन् । छोराको नाम जायिर रिओ सुब्बा श्रेष्ठ राखेको समेत खुलासा गरेकी छन् ।
माल्भिका र रियाजको पहिलो सन्तान भएको खुसिको समाचार सामाजिक सञ्जालमा सार्वजनिक गरेपछी उनका फ्यानहरुले माल्भिकालाई बधाइ दिइरहेका छन् । साथै चलचित्र क्षेत्रका सबै सेलिव्रेटिहरुले समेत माल्भिकालाई बधाइ दिइरहेका छन् । विशाल चौतारी मिडिया प्रा.ली. को तर्फबाटपनि माल्भिकालाई हार्दिक बधाई ।
पुर्व मिस नेपाल माल्भिका निर्मात्री रहेको चलचित्र ‘हाउ फन्नि’ बैशाख १० गतेबाट रिलिजमा आएको छ । चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।
प्रतिक्रिया