Specific nepali Filmmakers Distribution of identity cards to 13 celebrity
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ७ मंगलबार । लामो समयदेखि चर्चा अनी विवादमा रहदै आएको ‘चलचित्रकर्मी परिचय पत्र’को वितरण सुरु गरिएको छ । चलचित्र क्षेत्रमा लामो समय बिताएका र अमुल्य योगदान गरेका १३ जना चलचित्रकर्मीलाई सोमबार सिंहदरबारमा परिचय पत्र वितरण गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले परिचय पत्र चलचित्रकर्मीलाई हस्तान्तरण गरेका थिए । ‘विशिष्ट श्रेणी’को यस्तो परिचय पत्र पाउनेहरुमा यादव खरेल, उद्धव पौडेल, नीर शाह, लक्ष्मीनाथ शर्मा, भूवन थापा चन्द, बसुन्धरा भुषाल, सुभऽा अधिकारी, किरण खरेल, मञ्जु कुमार श्रेष्ठ, हरिप्रसाद रिमाल, चेतन कार्की, शकुन्तला शर्मा गुरुङ र गृहन्द्र धिमाल छन् ।
चलचित्र विकास बोर्डले वितरण गरेको यो परिचय पत्रका आधारमा अब चलचित्रकर्मीहरुले विभिन्न खालका सुविधा र सम्मान पाउनेछन् ।
तीन रंगको परिचयपत्र दिइने
नेपाल सरकारले अब चलचित्रकर्मीलाई ३ थरीको परिचय पत्र दिने भएको छ । जस अन्तरगत ‘विशिष्ट, वरिष्ठ र चलचित्रकर्मी परिचय पत्र’ रहनेछन् । विशिष्टको रंग रातो, वरिष्ठको रंग नीलो र सामान्य चलचित्रकर्मी परिचय पत्रको रंग हरियो रहनेछ ।
परिचय पत्र वितरण कार्यक्रममा बोल्दै संचारमन्त्री शेरधन राइले यो समयमा आफूले गर्वको अनुभूति गरिरहेको बताए । उनले सबैजना मिलेर देश विकासमा अगाडि बढ्नुपर्ने बताए ।
यस्तै, संचार मन्त्रालयका सचिव दिनेश थपलियाले चलचित्रकर्मीहरुलाई योजना लिएर अगाडि आउन आग्रह गर्दै मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताए । उनले चलचित्रकर्मीलाई सम्मान र मर्यादा गर्नका लागि परिचयपत्र वितरण सुरु गरिएको बताए ।
थपलियाले विशिष्ट श्रेणीको परिचयपत्र नवीकरण गर्नु नपर्ने र वरिष्ठ श्रेणीको परिचय पत्रलाई ५(५ बर्षमा नवीकरण गर्नुपर्ने बताए । अब, संचार मन्त्रालयले चलचित्रकर्मीसाग हातेमालो गर्दै विभिन्न नयाा योजना लिएर आउने र कार्यन्वयन गर्ने भनाई सचिव थपलियाको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले वैशाखभित्रै अन्य चलचित्रकर्मीलाई पनि परिचय पत्र वितरण गर्ने बताउादै यो सुरुवात मात्रै भएको बताए । कार्यक्रममा बोल्दै ‘विशिष्ट श्रेणी’को परिचय पत्र पाएका निर्देशक तथा कलाकार नीरविक्रम शाहले यो सम्मानले आफूहरुलाई गर्विलो बनाएको बताए । शाहले अब सामाजिक उत्तरदायित्व पूरा गर्ने कुरामा पनि चलचित्रकर्मी अगाडि सर्नुपर्ने बताए ।
यस्तै, निर्देशक तथा गीतकार यादव खरेलले परिचय पत्र पाउनु मात्र ठूलो कुरा नभएको भन्दै यसले कस्तो अर्थ राख्छ र कस्तो खालको गरिमा बोक्छ भन्ने कुरा मुख्य भएको बताए । उनले सरकारले जति गहन रुपमा यो परिचय पत्रको अर्थ राख्छ, त्यति नै यसको महत्व रहेको बताए ।
प्रतिक्रिया