Bisal Chautari Logo

रेखासंगको बिहे चर्चा नसेलाउँदै केकीसंग अमेरीकामा के गर्दैछन् राजेशपायल ?

- ६ बैशाख २०७३, सोमबार १७:५७ मा प्रकाशित


us program rajesh payal rai and keko adhikari
विशाल चौतारी समाचार
अमेरीका, २०७३ बैशाख ६ सोमबार । अप्रिलफुलमा चर्चित गायक राजेश पायल राई र चर्चित अभिनेत्री रेखा थापाको बिहेको समाचारले निकै मानिसहरुलाई झुक्काउन सफल भएको थियो । तर रेखासंगको बिहे चर्चा सेलाउन नपाउदै गायक राजेशपायल राई र केकी अधिकारी जोडी अमेरीकामा रहेका छन् ।
us program rajesh payal rai and keko adhikariगत साल गएको बिनासकारी भुकम्पका कारण भत्किएका विद्यालयहरुको पुन निर्माणको लागी घासी नेपालले आयोजना गरिरहेको मेरो जन्मभुमी कार्यक्रममा अमेरीकाको दल्लासमा अभिनेत्री केकी अधिकारी र गायक राजेश पायल राई जमेका थिए ।
us program rajesh payal rai and keko adhikari-1कार्यक्रममा महानायक राजेश हमालले कविता बाचन गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । सन्दिप क्षेत्रीको हास्य प्रहसन अनि गायक राजेशपायलको ‘म त मर्छु कि क्या हो ठुली’ बोलको गीतमा केकी र राजेशले दर्शकहरुलाई वान्समोर भन्न बाध्य बनाएका थिए । कार्यक्रममा टिकेट नपाएर दर्शकहरु फर्किएको यो पहिलो पटक भएको जानकारी आयोजक माधव भिमिरेले बताए । कार्यक्रम ४ घण्टसम्म चलेको थियो ।

प्रतिक्रिया