Bisal Chautari Logo

लिटिल आइकन नेपाल र लिटिल मिस एण्ड मास्टर नेपाल आइकन–२०१६ आयोजना हुने

- २ बैशाख २०७३, बिहीबार ०६:२९ मा प्रकाशित


Little Icon Nepal-1016
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २ बिहिबार । एएनपी मिडिया हाउसले राजधानीमा छुट्टाछुट्टै कार्यक्रमका बिच लिटिल आइकन नेपाल २०१६ र लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१६ आयोजना गर्ने भएको छ ।
Little Icon Nepal-1016एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीका अनुसार आगामी बैशाख ६ गते सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा लिटिल आइकन नेपाल २०१६ नामक प्रतिभामूलक प्रतियोगिता हुनेछ । विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि यो प्रतियोगिता गरिन लागेको उनले जानकारी गराए। लिटिल आइकन नेपाल २०१६ मा ३८ विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले अन्तिम स्पर्धा गर्नेछन् ।
त्यसै गरी बैशाख ७ गते मंगलबार राष्ट्रिय नाचघरमा लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१६ हुनेछ । छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि आयोजना गर्न लागिएको कार्यक्रममा ५७ विद्यार्थीले अन्तिम स्पर्धा गर्नेछन्।
दुबै प्रतियोगिताले विद्यालय स्तरका बालकालिकाको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षापछिको बिदा र नयाा शैक्षिक सत्रअघिको समयको सही सदुपयोग हुने विश्वास लिइएको छ। प्रतियोगिता एएनपी मडिया हाउसको चौथो संस्करण हो। प्रतियोगितामा ८ देखि १२ वर्षसम्म तथा १३ वर्ष देखि १५ वर्षसम्मका विद्यार्थीले स्पर्धा गर्दैछन्।
दुबै प्रतियोगिताका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुले बाल प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचालीको अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समयको व्यवस्थापन, बाल जनचेतना र अधिकारसम्बन्धी ज्ञान, स्टेज प्रस्तुतिबारे जानकारीलगायतका तालिम र प्रशिक्षण प्रदान गरिएको छ। त्यसै गरी प्रतियोगिहरुका लागि फोटोसुट, स्वास्थ्य परिक्षण, कलाकारहरुसाग साक्षात्कार, आर्ट तथा क्राफ्ट कक्षा, जादु कक्षाको व्यबस्था गरिएको छ।
शम्भुप्रसाद रेग्मीको संयोजक्वत्वमा हुने दुबै प्रतियोगिताको कोरियोग्राफर अश्वीनी झा रहेका छन्।

प्रतिक्रिया