Bisal Chautari Logo

तायाहाङ्माको मनछुने गीत ‘यहाँ रात हुदा कसैको’ सार्वजनिक (अडियो सहित)

- २९ चैत्र २०७२, सोमबार १३:५९ मा प्रकाशित


Tayahangma Rai yaha raat huda New Nepali song 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २९ सोमबार । गायिका तायाहाङ्मा राईको मनछुने गीत ‘यहाँ रात हुदा कसैको, यही कसैको दिन हुन्छ’ बोलको अडियो गीत सार्वजनिक भएको छ । गीतको बारेमा बोल्दै गायिका तायाहाङ्माले यस गीतको शब्द तथा संगीत असाध्यै मनपरेको बताए ।

Tayahangma Rai yaha raat huda New Nepali song 2016गीतमा पुजन लोहगानको संगीत रहेको छ, भने कविता राईले यस गीतलाई लेखेकी हुन् । यो गितलाई किरण कण्डेलले एरेन्ज गरेका हुन् । विदेशमा रहेर पनि नेपाली संगितलाई माया गर्ने स्वभाव भएकी गीतकार कविता हाल वैदेशिक कार्यक्षेत्र अन्तर्गत हङकङलाई कर्मथलो बनाएकी छिन् ।

समग्रमा यो गीतको बारेमा भन्ने हो भने, गायन, संगीत, शब्द र एरेञ्जमेन्ट अत्यन्तै राम्रो बनेको छ । गायिका तायाहाङ्मा राईको स्वर तारिफ गर्न योग्य रहेको छ ।

Tayahangma Rai yaha raat huda New Nepali song 2016-1

yaha raat huda kasai ko
singer : tayahangma rai
Lyrics: Kavita Rai
Arranger: kiran kandel
Music: Pujan Lohagan
media : www.bisalchautari.com

प्रतिक्रिया