Bisal Chautari Logo

वितरक गोपाल भन्छन्, – एकल पर्दामा रेखाको हाली मुहाली

- २९ चैत्र २०७२, सोमबार १०:३५ मा प्रकाशित


Distributor gopal kayastha says a single screen rekha thapa Ram Pyari good
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २९ सोमबार । वर्ष ०७२ को अन्तिममा अभिनेत्री रेखा थापाले निर्माण गरेको पछिल्लो चलचित्र ‘राम प्यारी’ गत शुक्रबारदेखि अल नेपाल प्रर्शनमा आएको छ । पछिल्लो सुपरहिट चलचित्र ‘ड्रिम्स’को भन्दा रेखाको ‘राम प्यारी’ले एकल पर्दामा उच्च व्यापार गरेको काठमण्डौं वितरक गोपाल कायस्थले दाबी गरेका छन् ।
Distributor gopal kayastha says a single screen rekha thapa Ram Pyari goodमहिला टेम्पु चालकको कथामा निर्माण भएको रेखाको फिल्मलाई विशेष: गरी एकल पर्दामा जर्बजस्त दर्शकको साथ मिलिरहेको छ । यस्तै राजधानीका गोपिकृष्ण, अष्टनारायण, कलंकी लगायत हलहरुमा ‘राम प्यारी’ को व्यापार राम्रो रहेको छ । ‘राम प्यारी’ मा अघिल्ला दुई फिल्महरु ‘काली’ र ‘हिम्मतवाली’ को भन्दा सुरुवाती व्यापार र दर्शकको फ्लो बढी रहेको रेखा स्वयमले बताएकी छन् । मजदुर र महिला सशक्तिकरणको विषयलाई जोडी दिइएको रेखाको फिल्मले नेपाली नया वर्षमा दर्शकको उल्लेख्य साथ पाउने निश्चित प्राय: छ ।
सविर श्रेष्ठ निर्देशित फिल्म ‘राम प्यारी’मा रेखा थापा शिर्ष भूमिकामा देखिएका छन्, भने रेखासँगै अभिनेत्री आश्मा डिसी र नव अभिनेता आभाष अधिकारीको मुख्य भूमिका रहेको छ । नायक सविन श्रेष्ठ विशेष भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया