Bisal Chautari Logo

राजेश पायललाई हेर्न र सुन्न भोजपुरको गाउँ–गाउँबाट उर्लिए

- २९ चैत्र २०७२, सोमबार ०६:१२ मा प्रकाशित


rajesh payal rai concert bhojpur
विशाल चौतारी समाचार
भोजपुर, २०७२ चैत २९ सोमबार । नेपाली साङ्गीतिक क्षेत्रका सर्वाधिक व्यस्त र लोकप्रिय गायक राई इज किङ अर्थात राजेशपायल राईलाई हेर्न र उनको स्वरमा गीत सुन्न गाउँ–गाउँबाट दर्शकहरु उर्लिएका छन् । गायक राजेश पायलले शनिवार भोजपुरको वोयामा आफ्नो भव्य प्रस्तुतीबाट दर्शकहरुलाई नचाइरहेका थिए ।
rajesh payal rai concert bhojpurनयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रम श्री बुद्ध एकता सामाजिक युवा क्लव बोयाले आयोजना गरेको हो । कार्यक्रममा राईलाई हेर्न गाउंगाउंबाट हजारौंको संख्यामा बाल, बृद्ध, तन्नेरीको बाग्लो उपस्थिति थियो । राईले उक्त गाउंमा आउन पाउनु आफू भाग्यमानी रहेको बताए । कार्यक्रममा पायलले नाई नभन्नु ल – २ नाई नभन्नु ल – ४, राम प्यारी, फूलफूलको मौसम तिमीलाई, बाबाई आराखा, दर्शन नमस्ते, मैना राजा मैना रानी, धरान धनकुटा भेडेटार, म त मर्छु कि क्या हो ठूलीलगायत दर्जनौं गीतले मन्त्रमुग्ध पारे ।
rajesh payal rai concert bhojpur-1साथमा स्थानीय कलाकार सुरेन्द्र पुलामी, सुजन बराइली, युनिक राई, जीना दास, विपना राई तथा स्थानीय चर्चित हास्यकलाकार एवं गायक वीरबहादुर लिम्बूको शानदार प्रस्तुती थियो ।

प्रतिक्रिया