Bisal Chautari Logo

ऋतुको ‘ऋतुका फूलहरू’ विमोचित

- ३१ बैशाख २०७१, बुधबार ०४:३९ मा प्रकाशित


Ritu-Kandel-albam-Rituka-phoole-haru
काठमाडौं, २०७१ बैशाख, ३१ बुधवार । गायिका ऋतु काडेलको एकल एल्बम ऋतुका फूलहरु बजारमा आएको छ । के सिरिजले बजारमा ल्याएको एब्बम मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा चर्चित गायिका कोमल वलीले विमोचन गरिन् ।
सातवटा आधुनिक गीतहरुको संग्रह रहेको एल्बममा गायिकाले खुशीका भावहरु समेटिएका शब्दहरुलाई आवाज दिएकी छिन् । गीतको अडियो र भिडियो दुवै एब्बम तयार भएका छन् । कार्यक्रममा झुटो माया जाल बोलको गीतको भिडियो एल्बम समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा गायिका काडेलले दुईवटा गीत समेत गाएकी थिईन् ।
एल्बममा माया भन्ने एस्तै रैछ, जवानी आयो रे, आउ न आउ, मेरो मनमा तिम्रो बाहेक, एकोहोरो टोलाइरहन्छु, ऋतुका फूलहरु र आइलवयूको शब्द बोलका गीत छन् । कालीप्रसाद बास्कोटा, सुरेश गैरे, दिपक सिलवाल, बिजु बज्र, थानेश्वर गौतम र राजु क्षितिजले शब्द र संगित भरेका छन् । गीतको विमोचन गर्दै गायिका कोमल ओलीले ऋतुको सुन्दर भविष्यको कामना गरिन् । वलीले ऋतु मिहेनती र प्रतिवद्ध गायिका भएकाले नेपाली सांगितीक क्षेत्रले नयाा प्रतिभा पाएको बताइन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेकी ऋतु ललितकलामा स्नातक तहमा अध्ययन गरिरहेका छन् । ऋतुले संगितमै समर्पित हुने दृढता समेत व्यक्त गरिन् । एल्बममा नवगायिका ऋतुले निरन्तरको प्रयास र तपस्यापछि एल्बम तयार भएको बताइन् । ‘म सधै आशावादी हुने मान्छे,मेरो पहिलो एल्बमबाट सफलता पाउने आशा राखेको छु ।’ विमोचन कार्यक्रममा ऋतुले भनिन् ।

प्रतिक्रिया