Bisal Chautari Logo

पाच जना पत्रकारलाई यूवा पत्रकारिता सम्मान

- २६ श्रावण २०७०, शनिबार १५:२९ मा प्रकाशित


काठमाडौं साउन २७ ।
अन्तर्राष्ट्रिय यूवा दिवसको सन्दर्भमा मिडिया इन्टरनेसनलले ५ जना यूवा पत्रकारलाई सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले उक्त सम्मान प्रदान गर्नुभयो । सम्मानीत हुनेहरुमा छापा पत्रिकाबाट मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, टेलिभिजन पत्रकारबाट टीटीभिका कुलचन्द्र भट्टराई, अनलाईन पत्रकारबाट मेरो जिल्ला डटकमका सम्पादक मुकुन्द ढुंगाना, महिला पत्रकारबाट नवनारी म्यागेजीनका सम्पादक जानुका ढकाल तथा भिडिया ग्राफीबाट नेपाल वानका कृष्ण उराउ रहेका छन् ।


मिडिया इन्टरनेसनलले हरेक बर्ष अन्तराष्ट्रिय यूवा दिवसको सन्दर्भ पारेर पााचजना पत्रकारलाई यो सम्मान प्रदान गर्ने संस्थाका अध्यक्ष माधव निर्दोषले बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा मिडिया इनटरनेशनलले ५ जना युवा पत्रकारलाई सम्मान गरेको छ । आज आयोजित उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले सम्मान प्रदान गर्नुभएको
थियो । सम्मानीत हुनेहरुमा महिला पत्रकारका तर्फबाट नवनारी म्यागेजिनका सम्मपादक जानुका ढकाल लगायत मध्यान्न दैनिकका सम्मपादक मदनकुमार श्रेष्ठ, टीटीभिका कुलचन्द्र भट्टराई, मेरो जिल्ला डटकमका सम्पादक मुकुन्द ढुङ्गाना, नेपाल वानका कृष्ण उराउ रहेका थिए । मिडिया इन्टरनेशनलले हरेक बर्ष यूवा दिवसको सन्दर्भमा यो सम्मान प्रदान गर्ने बताए। यस्ता कार्यक्रमहरुबाट पत्रकारीता क्षेत्रमा डटेर लाग्ने पत्रकारहरुलाई झनै हौसला प्रदान गरेको छ ।

यूवाहरुलाई आर्थिक सम्वाहक बनाइनुपर्नेमा जोड 
काठमाडौं साउन २७ 
 अन्तराष्ट्रिय यूवा दिवश नजीकिदै गर्दा सरोकारवालाहरुले यूवालाई आर्थिक सम्बाहक बनाइए मात्र देशको उन्नती हुने बताएका छन् । यउनीहरुले अबका यूवालाई उत्पादन कार्यमा अघि बढाउनुपर्नेमा जोड दिए । मिडिया इन्टरनेसनलले आज आयोजना गरेको अर्थतन्त्रमा यूवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यूवालाई उत्पादन कार्यमा लगाउन नयाा आयामको थालनी गनुपर्ने बताए । कार्यक्रममा यूवा संघका अध्यक्ष महेस बस्नेतले आफ्नो संगठनका यूवाहरुलाई त्यसतर्फ अघि बढाउने प्रतिबद्धता जनाए । देशमा भएको शिक्षा नितिका कारण यूवाहरुमा बेरोजगार बढेको भन्दै उनले देशको शिक्षा निति परिवर्तन गरेर आफूहरु अघि बढ्न तयार रहेको उल्लेख गरे । राजनीतिक रुपमा आमूल परिवर्तन ल्याउनमा यूवाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले अवका दिनमा आर्थिक परिवर्तनका लागि यूवाहरु अघि बढ्नुपर्ने आबश्यक्ता उत्पन्न भएको उल्लेख गरे । उनले
माओवादीले यूवाहरुलाई आन्दोलन, बन्द र हड्ताल गर्न सिकाएको भन्दै माओवादीका यूवाले देशका उद्योगहरु बन्द गराएको आरोप लगाए । अधिकाास बन्द भएका उद्योगहरुमा माओवादीको हात रहेको
भन्दै उनले आर्थिक बिकासमा मजदुरहरु पनि बाधक भएको बताए । कार्यक्रममा वाइसीयलका अध्यक्ष गणेशमान पुनले आफ्नो पार्टीको नीति नै उत्पादन कार्यमा लाग्ने भएको भन्दै वाइसीयलका सबै यूवाहरुलाई उत्पादन कार्यमा लगाउने बताए । मुलुकको अर्थतन्त्र यूवाको हातमा आएको भन्दै उनले त्यसतर्फ राज्यले आबश्यक नीति बनाउनुपर्नेमा जोड दिए । यूवाहरुलाई आर्थिकोपार्जन कार्यमा नलगाएसम्म अर्थतन्त्र माथि उठ्न नसक्ने भन्दै उनले आफ्नो भातृसंगठनका सबै यूवालाई अर्थतन्त्रमा अघि बढाउन आफूहरु लागीपरेको पनि बताए । कार्यक्रममा साना किसान बैंकका कार्यकारी प्रमुख जालनकुमार शर्माले देशको कृषि उद्योगले मात्रै देशका यूवालाई स्वरोजगारतर्फ केन्द्रीत गर्ने भएकोले त्यसतर्फ सक्रिय रहन सरकारलाई अनुरोध गरे । नेपाल कृषिको लागि उपयूक्त ठााउ भएपनि यसको प्रयोग गर्नमा सरकारी नीति फितलो हुनु र बैज्ञानिक शिक्षाको अभाव हुनुले कठिनाई भएको उनले बताए । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा बैदेशीक रोजगार पत्रकार समाजका अध्यक्ष मदनकुमार श्रेष्ठले विदेशमा जाने यूवालाई स्वदेशमा रोक्नका लागि शिक्षा र शिपको आबश्यक रहेकोमा जोड एिका थिए । कार्यक्रममा ५ जना पत्रकारलाई यो बर्षको यूवा पत्रकारिता सम्मानबाट सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा छापा पत्रिकाबाट मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, टेलिभिजन पत्रकारबाट टीटीभिका कुलचन्द्र भट्टराई, अनलाईन पत्रकारबाट मेरोजिल्ला डटकमका सम्पादक मुकुन्द ढुंगाना, महिला पत्रकारबाट नवनारी म्यागेजीनका सम्पादक जानुका ढकाल तथा भिडिया ग्राफीबाट नेपाल वानका कृष्ण उराउ रहेका छन् । मिडिया इन्टरनेसनलले हरेक बर्ष अन्तराष्ट्रिय यूवा दिवसको सन्दर्भ पारेर पााचजना पत्रकारलाई यो सम्मान प्रदान गर्ने संस्थाका अध्यक्ष माधव निर्दोषले बताएका छन् ।

प्रतिक्रिया