Bisal Chautari Logo

गम्भिरले मोडल प्रकृतीलाई आइटम गीतमा गुन्यू चोली किन लगाइदिए ?

- २० चैत्र २०७२, शनिबार ११:५४ मा प्रकाशित


prakriti shrestha and Gamvir Bista music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २० शनिबार । म्युजिक भिडियो अभिनयमा कुनै समयकी नम्बर एक तथा चलचित्र क्षेत्रमापनि चर्चा कमाइरहेकी मोडल थिइन्, प्रकृती श्रेष्ठ । तर बिवाह गरेर एकाएक अष्ट्रेलिया हानिएकी प्रकृती श्रेष्ठले नेपाल आएर एक गीतमा आइटम नृत्य गरेकी छिन् । अष्ट्रेलियाबाट नेपाल आएकी मोडल प्रकृतीलाई लिएर गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको छ ।
prakriti shrestha and Gamvir Bista music video‘मेरो पाल्पाली’ बोलको गीतमा अवुन पाण्डेको स्वर तथा शब्द, टिका दाहालको संगीत छ । भिडियोमा प्रकृती श्रेष्ठ र सुरेन वसेलको मोडलिङ छ । प्रवन गौतमको छायांकन, प्रितम पाण्डेको सम्पादन यो भिडियोमा छ । निर्देशक बिष्टले यसपटक भिडियोलाई नयाँ शैलीबाट प्रस्तुत गरेको बताए । आइटम गीत भन्ने वित्तिकै मोडललाई छोटा कपडा लगाउने चलन भएपनि यसपटक आफूले प्रकृतीलाई गुन्यू चोल लगाएर नृत्य गराएको उनले बताए । भिडियोलाई यो बर्षको अन्तिम दिन सार्वजनिक गर्ने तयारी गरिएको छ ।

prakriti shrestha and Gamvir Bista music video-1

प्रतिक्रिया