Bisal Chautari Logo

साईवर क्राईमबारे सञ्जालमा अभिनेत्री बेनिशा हमाल (फोटो र भिडियो सहित)

- २८ श्रावण २०७०, सोमबार ०८:४२ मा प्रकाशित


काठमाडौं । अभिनेत्री बेनिशा हमाल नेपाली चलचित्र ‘सञ्जाल’ मा मुख्य भूमिकामा देखिने भएकी छन् । नेपालमा बढ्दो साइबर अपराधलाई आधार बनाएर निर्माण गर्न लागिएको ‘सञ्जाल’ मा अभिनय गर्ने अवसर आएकामा बेनिसाले खुसी जनाइन् । 
आइतबार राजधानीमा चलचित्र ‘सञ्जाल’बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बेनिसाले भनिन्, ‘विद्यमान साइबर अपराधको विषयमाथि बन्न लागेको चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लाग्यो । यस चलचित्रले नयाँ अनुभव गर्न पाउने अपेक्षा गरेकी छु ।’ पञ्चवीर प्रोडक्सन एन्ड प्रमोसनको ब्यानरमा निर्माण हुन लागेको ‘सञ्जाल’ श्रीराम दाहालले निर्देशन गर्ने भएका छन् । कार्यक्रममा निर्देशक दाहालले भने, ‘चलचित्र भनेको समाजको दर्पण पनि हो । त्यसैले सामाजिक जागरणका लागि चलचित्र ‘सञ्जाल’ बनाउन लागेका हौँ ।’ उनले चलचित्र ‘सञ्जाल’ले पछिल्लो समय बढ्दै गएको साइबर अपराधलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने दाबी गरेका छन् । कार्यक्रममा प्रहरी वरिष्ठ नायब उपरीक्षक हेमन्तबहादुर पालले चलचित्र ‘सञ्जाल’ले प्रहरी निकायलाई सहयोग गर्ने अपेक्षा गरे । उनले भने, ‘अहिले इन्टरनेटले संसारलाई साँघुरो बनाएको छ । र, साइबर अपराध विद्यमान समस्या बन्दै गएको छ । यस्तो अवस्थामा चलचित्र साइबर अपराधमाथि चलचित्र बन्दा प्रहरीलाई पनि सहयोग हुनेछ ।’ दीपेश सापकोटा प्रस्तुतकर्ता रहेका ‘सञ्जाल’ मा वेनिशाका आलावा जेबी डिसी, शिखा शाही, विजय विस्फोटलगायतको मुख्य अभिनय रहने भएको छ । केही दिनमै छायांकन सुरु हुने भनिएको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने भएका छन् । चलचित्रको अधिकांश छायांकन राजधानीमै हुने निर्देशक दाहाले बताए ।  

प्रतिक्रिया