Bisal Chautari Logo

नेगेटिभ भुमिकामा जम्दै विनोद (तिन म्युजिक भिडियोसहित)

- १७ चैत्र २०७२, बुधबार ०८:५९ मा प्रकाशित


binod paudel negative role models in music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १७ बुधबार । मोड्लिङ तथा अभिनयको दुनियामा लाग्ने प्राय सबै पोजेटिभ भुमिका नै खोजिरहेका हुन्छन्, । तर चलचित्र प्रदर्शनका अग्रणी विनोद पौडेल भने नेगेटिभ भुमिकामा जम्ने सुरमा रहेका छन् । विनोदले अभिनय गरेको ३ म्युजिक भिडियोमा नेगेटिभ भुमिकामा नै देखिएका छन् । नेगेटिभ भुमिकामा चलचित्रमा पनि काम गर्ने सोच रहेको पनि विनोदले बताए ।
binod paudel negative role models in music videoकेही दिन अगाडी विनोदले अभिनय गरेको ‘दैव’ बोलको गीत सार्वजनिक भएको छ । सो म्युजिक भिडियोमा मोक्ष सिनेमाबाट ख्याति कमाएका निर्देशक प्रवीण श्रेष्ठले निर्देशन गरेका छन् । श्रेष्ठले निर्देशन गरेको नया म्युजिक भिडियो ‘दैव’मा नवराज श्रेष्ठको स्वर, शब्द र संगीत छ । अविश्वासका कारण कसरी जीवन बर्बाद हुन्छ भन्ने सन्देश प्रस्तुत गरिएको संगीतलाई रक शैलीमा कम्पोज गरिएको हो ।
विनोदसहित विशाल भण्डारी र रचना लामाको मुख्य अभिनय छ । प्रयास एल्बममा समावेश यो गीतलाई ज्ञानेन्द्र शर्मा र बबिन तामाङले खिचेका हुन् । यसअघि केही म्युजिक भिडियो गरेका विनोदले यस भिडियोमा पनि आफूले मिहेनत गरेको बताए । म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, निश्चल बस्नेत लगायतसंग काम गरेका छन् ।
भिडियो हेरौ :

प्रतिक्रिया