Bisal Chautari Logo

२९ वर्षीय गणेश बने ‘मिस्टर नेपाल’ || ‘मिष्टर वल्र्ड’मा पहिलोपटक सहभागी हुदै

- १७ चैत्र २०७२, बुधबार ०५:३१ मा प्रकाशित


Ganesh Agrawal winner Mister Nepal 2016.  representing Nepal in the Mister World 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १६ मंगलबार । ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि किर्तिपुर निवासी २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि भुमेका हुन् ।
Ganesh Agrawal winner Mister Nepal 2016‘एउटा राजकुमारमा हुनु पर्ने गुण तपाईमा के छ ? निर्णायकले अन्तिम राउण्डमा अग्रवाललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिादै अग्रवाल उपाधि विजेता बनेका हुन् । अग्रवाललाई गतबर्षका विजेता सन्दीप पोखरलले ताज पहिऱ्याए । बिजेता अग्रवालले नगद तिन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । अग्रवालले २०१६ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
विजेता अग्रवालले उपाधिका साथमा नगद एक लाख रुपैयाा, चलचित्र विन्दास ३ अभिनयको अवसरका साथमा अन्य विभिन्न उपहार प्राप्त गरे । विजेता घोषित भएपछि पोखरेलले आफूलाई नेपाली चलचित्र क्षेत्र मन पर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए । अभिनेताको रूपमा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो र देशको नाम चिनाउन सधैं आफू लागीपर्ने उनको भनाइ थियो ।
Ganesh Agrawal winner Mister Nepal 2016  (1)त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार अबेर सााझ सम्पन्न प्रतियोगितामा दिप्सन भट्टराई र शंशाक पोखरेल क्रमश फष्ट रनर अप र सेकेण्ड रनर अप घोषित भए । दुवै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारेको थियो ।
१६ बर्षदेखि ३५ बर्ष ननाघेका उत्साही युवाको प्रतियोगीतामा सहभागीता रहेको थियो । आधा दर्जन उप–शीर्षकमा विजेता घोषित गरिएको प्रतियोगितामा मौसम कार्की बेष्ट क्याटवाक, मुकेश ज्यापु मिष्टर फिजिक्स, बिकाश रावल मिष्टर ट्यालेन्ट, उज्वल श्रेष्ठ मिष्टर चार्मिङ , उमेश केसी मिष्टर फ्रेन्डी, कृष्ण तम्राकार मिष्टर डिसिप्लेन , दिलिप लामा भियुर च्वाइस अवार्ड ,सन्बास नेपाल मल्टीमिडिया, प्रितु पन्त मिष्टर स्टाइलिस घोषित भए ।
अभिनेता अर्जुन कार्की , समाजसेवी मोहन बस्नेत, प्यासनको उप…–सभापती दिपाक रिमाल , बिजनेश ब्यान अरनिको सिंह, वकिल करिष्मा कुमार बस्नेत, समाजसेवी भिष्म पाण्डे, मोडल दिपक घिमिरे, २०१४ को मिष्टर नेपाल सुरज चिल्वाल लगायत निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी प्रसान्त ताम्राकारले गरेका थिए । मिष्टर नेपाल आफूले दशक अगाडीदेखि नियमित आयोजना गर्दै आएको जानकारी दिादै आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्ष पनि यसलाई झन् आकर्षक तवरले निरन्तरता दिने बताए ।
गीत, नृत्य र हाास्यको बेजोड प्रस्तुतिका बिच सम्पन्न प्रतियोगीतामा कानुन मन्त्री अग्नी खरेल, अभिनेता धिरेन शाक्य ,सरोज खनाल, अभिनेत्री रेखा थापा, अभिनेता आर्यन सिग्देल, जिवन लुईटेल, मिष्टर नेपाल २०११को डा. आयुष्मान घिमिरे ,निर्माता मधुकुमार श्रेष्ठलगायत अतिथि रहेका थिए ।
अभिनेत्री रेखा थापाको चलचित्र ‘रामप्यारी’ समेत प्रमोसन गरिएको कार्यक्रममा धिरज राई, मिग्मा श्रेष्ठ, महामदेव त्रिपाठी,कमल खत्रीलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया