Bisal Chautari Logo

दोस्रो ‘राईजिङ स्टार–२०७२’ मा ६० प्रतिस्पर्धी, बिजेतालाई ५० हजार नगद

- १३ चैत्र २०७२, शनिबार १५:३५ मा प्रकाशित


rising star 2072 In 60 competitive
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १४ शनिबार । क्रियटिभ वल्र्ड नेपालले गत वर्षबाट सुरु गरेको ‘लक्ष्मीस्टील्स राइजींस्टार २०७२’को अन्तिम प्रतिश्पर्धाको लागि ६० जना बालकालिकाहरु छनौट भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा कक्षा २ देखी ९ मा अध्ययन गर्ने प्रतिभाशाली ६० जना बालबालिकाहरु पहिलो र दोश्रो गरि दुइचरणको छनौट प्रक्रियाबाट “लक्ष्मीस्टील्स राइजींस्टार २०७२” को अन्तिम प्रतिश्पर्धाको लागि छनौट भएका हुन् ।
rising star 2072 In 60 competitiveबालबालिकाहरुको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरताको मूल्याङ्कन गरि बर्षको राइजींस्टार घोषणा गरिने कुरा क्रियटीभ वल्र्डका प्रमुख प्राज्ञ एवं बरिष्ठ संगीतकार शान्तिराम राईले जानकारी गराए । बर्षको बिजेता राइजींस्टारले नगद रु. ५०,००० सहित ताज, ट्रफि तथा गिफ्टह्याम्परहरु पाउनेछन् । साथै फस्र्टरनरअप र सेकेण्डरनरअपले पनि ट्रफि तथा गिफ्टह्याम्परहरु पाउनेछन् । अन्य विभिन्न सवटाइटल अवार्डहरुबाट विभिन्न प्रतिभाशाली प्रतिश्पर्धी बालबालिकाहरुलाई पुरस्कृत गरिने भएको छ । यही चैत्र २२ गतेबाट सहभागी बालबालिकाहरुलाई उनीहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिवृत्ति र विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तित्वहरुसंगको अन्तरक्रिया लगाएतको नियमित बन्दप्रशिक्षणमा सहभागीता गराइने छ ।
सोही अवसरमा शैक्षिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका एकजना विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिकसम्मानद्धारा सम्मान गरिने छ, भने नगद रु.१०,००० सहित शैक्षिक पत्रकारीता पुरस्कारद्धारा एकजना शैक्षिक पत्रकारलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ २ जना अभिभावकलाई समेत सो कार्यक्रममा सम्मान गरिने छ । यहीं बैशाख ५ गते राष्ट्रियनाचघरको विशेष मञ्चमा भव्यताकासाथ सम्पन्न गरिने भएको आयोजकले बताएको छ ।

प्रतिक्रिया