Bisal Chautari Logo

गीत, संगीत र समाजसेवामा शान्ता

- १३ चैत्र २०७२, शनिबार १५:०८ मा प्रकाशित


shanta ghimire
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १४ शनिबार । लमजुङको दुराडाडामा जन्मेएकी शान्ता घिमिरे यतिवेला नेपाली साहित्य तथा गीत संगीतमा चिरिपरिचत नाम हो । उनले सन् २०१० मा पहिलो कृति ‘समुन्द्र पारीको माया’ गीत गजल र कविता संग्रह बजारमा ल्याएकी थिइन भने दोस्रो कृति ‘प्रवासी मन’ गजल संग्रह पाठक माझ ल्याएकी थिएन । सानो छदा देखि साहित्यमा आफ्नो लगाव रहेको बताउने उनी यो क्षेत्रमा निररन्तर लागिन र अहिलेको स्थान चुम्न सफल भएकी छन् । तेस्रो कृति गीति एल्बम ‘सपनाको देशबाट’ रहेको छ उनको ।
shanta ghimireपछिल्लो समय अमेरीकाको न्यूजर्सीमा परिवारसागै बस्दै आएकी शान्ता अधिकारी घिमिरे सन् २०१५ मा एनआरएन महिला संयोजकमा समेत चयन भएकी थिइन् । अन्तराष्ट्रिय नेपाल साहित्य समाज न्यूयोर्क च्याप्टरको कोषध्यक्षका रुपमा कार्यरत शान्ताले परवासमा बसेर पनि नेपाली कला साहित्यलाई नै आफ्नो कर्म ठान्दै आफ्नो परिचय बनाएकी छन् ।
हाल नेपालमा रहेकी उनले आफ्ना शब्दमा गीत रेर्कड गराएकी छिन् । गीति एल्बम सपनाको देशबाट असारको महिना सम्बन्धी असार विशेष गीत सार्वजनिक गरिसकेकी उनी केही समय पछि यसको भिडियो निर्माण गर्ने तयारीमा रहेकी छन् भने अहिले उनी गायक सत्यराज आचार्यको स्वरमा रहेको ‘फुल जस्तो उडी जाने…बोलको गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा छन् । अनन्त तिमल्सेनाले निर्देशन गरेको यो म्युजिक भिडियोमा सनम कठायत, वर्षा शिवाकोटी र उनको आफ्नै अभिनय रहेको छ । रमेश खड्काको संगीत, राम केसीको छायााकन र टेकेन्द्र शाहको सम्पादान रहेको यो म्युजिक भिडियोमा मध्यमवर्गीय पृष्ठभूमी भएको परिवारमा जन्मे हुर्केका आमा छोराले महत्वकांक्षी बुहारी ल्याउादाको यर्थथवादी वृकितीलाई भिडियोमा चित्रण गरिएको उनले बताइन् ।
विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेकी उनी आफूलाई सामाजिककार्यहरुमा पनि सक्रिय राख्दै आएकी छन् । उनले गत वैशाखमा देशमा आएको विनाशकारी भूकम्पमा भूकम्प प्रभावित क्षेत्रहरुमा आहत मनहरुमा सहयोग पुर्‍याएकी थिइन । युएसएमा हुने विभिन्न कार्यक्रमहरुमा आफूलाई गायिकाको रुपमा पनि प्रस्तुत गर्ने गर्छिन भने आफ्नै स्वरमा ‘भगवान खोज्दैछु’ चाडै दर्शक/स्रोतामाझ ल्याउने तयारीमा रहेकी छन् । आफ्नै बाबु आमाको नाममा अक्षय कोष स्थापना गरेर सामाजिक कार्य गर्दै आएकी उनी विभिन्न संघ संस्थाबाट सम्मानित समेत छिन् ।

प्रतिक्रिया