Bisal Chautari Logo

दिवस र रविना बने ‘नेपाल्स फेश अफ द इयर २०१६’

- १३ चैत्र २०७२, शनिबार ०५:१८ मा प्रकाशित


Nepal’s Face of the Year 2016 winer diwash dhital and rabina shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १४ शनिबार । रिवन इन्टरटेनमेन्ट प्रालिले नया मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागरका लागि गत वर्षदेखि शुरु गरेको मोडल प्रतियोगिताको दोस्रो संस्करणमा दिवस धिताल र रविना श्रेष्ठ नेपाल्स फेश अफ द इयर २०१६ घोषित भएका छन् ।

Nepal's Face of the Year 2016 winer diwash dhital and rabina shresthaकुल ४६ युवायुवतीबिच राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्तिम स्पर्धामा लोभिन अन्सारी र रानी खरेल फष्ट प्रजन तामाङ र अनु भुषाल सेकेण्ड, सुर्य बुढाथोकी र आकृति तिवारी थर्ड, निक भुजेल र मनिषा थापा फोर्थ रनर्सअप तथा सञ्जय गोले र मनिषा श्रेष्ठ पब्लिक च्वाईस अवार्डका विजेता भएका छन्।
चलचित्र निर्देशक आकाश अधिकारी, अभिनेता विष्णु रिजाल, नायिका तथा मोडल क्षीतीजा शाक्य, नेपाल अमेरिकन कलाकार संघका अध्यक्ष तथा गायक सुमन बुढा मगर, बैंकर्स अनिता प्रधान र लेखक तथा गीतकार सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगितामा युवातर्फ लोभिन अन्सारी मिष्टर क्याटवक, रेगन मगर वेष्ट हेयरर मष्ट चार्मिङ, दिवस घिताल मिष्टर फोटोजेनिक र ह्याण्डसम, निक भुजेल वेष्ट स्माइल, अजय लामा वेष्ट पर्सनालिटी र फेसबुक च्वाईस, प्रिन्स गुप्ता वेष्ट फिजीक, सञ्जिव राई वेष्ट स्कीन, सुर्य बुढाथोकी वेष्ट डिसीप्लेन र वेष्ट स्पीच, प्रजन तामाङ मष्ट फ्रेण्डली, सागर घिमिरे वेष्ट फिटनेस र सुजन तामाङ मष्ट ट्यालेण्ट भएका छन्। त्यसै गरी युवतीतर्फको स्पर्धामा रजनी ढकाल भिवर्स च्वाईस, मनिषा श्रेष्ठ व्युटी विथ पर्पस, अनु भुषाल सोसियली रेस्पोन्सिबल र मष्ट इन्टीलेक्चुअल, अनुप्रिया सिंह राजपुत मिस ट्यालेण्ट र फेसबुक च्वाईस, रविना श्रेष्ठ मिस क्याटवक, सुष्मिता श्रेष्ठ वेष्ट स्माइल, कीर्ति थापा मोष्ट फोटोजेनिक, सिर्जना बस्नेत वेष्ट हेयर, ऋचा पुरी वेष्ट स्कीन, रोशनी राउत वेष्ट डिसीप्लेन, मनिषा थापा वेष्ट आर्टवर्क, रानी खरेल वेष्ट स्पीच, कञ्चन श्रेष्ठ वेष्ट पर्सनालिटी, विनीता मास्के वेष्ट फिजीक, सम्झना सुनुवार वेष्ट फिटनेस, रुकु श्रेष्ठ मष्ट फ्रेण्डली, सुम्निमा राई मोष्ट चार्मिङ, प्रिया सिंह राजपुत मिस कन्जिनियालिटी, कविता श्रेष्ठ फेशन आइकन, सविना परियार मष्ट एक्टिभ, नितु शाक्य मेनेजमेन्ट च्वाईस, रोजी कुंवर मष्ट पर्पेmक्ट, आकृति तिवारी मष्ट डिजर्भिङ, सुप्रिया श्रेष्ठ सोसियल वेलफेयर एम्बेसडर, स्यारोन कुंवर मष्ट क्रियटिभ, रेखा नेगी लामा मष्ट पोजेटिभ एटिट्युड, अल्पना अधिकारी युथ विथ रेस्पोन्सिबिलीटी, यश्वशी राठौर वेष्ट डान्सर र रञ्जिता श्रेष्ट वेष्ट सिंगर चयन भएका छन्।
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र सञ्चानलमा भएको कार्यक्रममा लक्ष्य व्याण्डले लाइभ म्युजिक तथा किशोर खड्का, उषा लिम्बु र दिपेन शाहले नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया