Bisal Chautari Logo

‘वीर विक्रम’ भदौ ३ गतेबाट देशभर रिलिज हुने

- १२ चैत्र २०७२, शुक्रबार १२:२९ मा प्रकाशित


Bir Bikram movie Dayahang Rai & Diya Pun
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १३ शुक्रबार । चलचित्र ‘वीर विक्रम’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । मिलन चाम्स निर्देशित यो फिल्म अब भदौ ३ गतेबाट देशभर रिलिज हुने भएको छ । निर्माता एवं निर्देशक मिलन चाम्सले एक साता अगाडि नै आफूले एक टेलिभिजनबाट मिति घोषणा गरेको बताए ।
Bir Bikram movie Dayahang Rai & Diya Punउनले काठमाण्डौका वितरक गोविन्द शाही र गोपाल कायस्थ, काठमाण्डौ बाहिर केदार पराजुलीले फिल्म वितरण गर्ने समेत जानकारी दिएका छन् । कमेडी शैलीको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही र नव–अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन् ।

Diya Pun Bir Bikram movie                                                                                            Diya Pun

चलचित्रको हङकङ र यूकेमा रेड कार्पेट प्रिमियर गर्ने तयारी पनि गरिएको छ । विदेशमा चलचित्र चलाएपछि नेपालमा भने भदौ ३ मा चलाउने निर्णय भएको मिलनको भनाई छ । चलचित्रका ४ पात्रको लुकलाई लिएर दर्शकमा उत्सुकता बढिसकेको छ ।

Dayahang Rai Bir Bikram movie                                                                                        Dayahang Rai

CAST : Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi, Diya Pun

प्रतिक्रिया