Bisal Chautari Logo

भोलिबाट देशभर ‘भाग सानी भाग’ || केकी कसरी भाग्छिन् ? हास्य कलाकारहरुको सिनेमा हेर्न आग्रह

- ४ चैत्र २०७२, बिहीबार १५:३५ मा प्रकाशित


Bhag Sani Bhag MOVIE Keki Adhikari & Sabin Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत ४ बिहिबार । वर्ष ०७२को पर्खाइमा रहेको चलचित्र ‘भाग सानी भाग’ भोलिबाट देशभर एकसाथ प्रर्दशनमा आउने भएको छ । मौलिक कथा वस्तुमा आधारित चलचित्र ‘भाग सानी भाग’को गीत, संगीत, ट्रेलरहरु चर्चामा रहेको छ ।
Bhag Sani Bhag MOVIE Keki Adhikari & Sabin Shresthaयहि चर्चालाई सेलाउन नदिन नेपालका चर्चित हास्य अभिनेताहरुले चलचित्र ‘भाग सानी भाग’लाई साथ दिदै चलचित्र हेर्नका लागी दर्शकहरुलाई अनुरोध गरेका छन् । नवल नेपालको लेखन तथा निर्देशन रहेको यो चलचित्र लाई साथीभाई फिल्म्सका लागि बिष्णु चापागाईको प्रस्तुतिमा सहदेब गौतम र विलोन पोखरेलले निर्माण गरेका हुन् भने चेतन सापकोटा कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा केकी अधिकारी, सबिन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का, बिष्णु सापकोटा जस्ता बहुचर्चित कलाकारहरुको मुख्य अभिनय रहेको छ । यस चलचित्रमा चेतन सापकोटाको संगीत, दिब्यराज सुबेदीको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द निर्देशन रहेको छ ।
हेरौ नेपालका चर्चित हास्य अभिनेताहरुले चलचित्र ‘भाग सानी भाग’को लागी गरेको प्रस्तुती :

Comedy Artists of Nepal with Bhag Sani Bhag Ft. Keki Adhikari and Sabin Shrestha

प्रतिक्रिया