Rajesh Payal Rai live in Hongkong 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत २ मंगलबार । नेपाली सांगीतिक क्षेत्रका सुगम गायन तथा पाश्र्य गायनका नम्बर एक भर्सटायल गायक राजेश पालय राईले विश्वका प्राय सबै देशहरुमा कन्र्सट दिइसकेका छन् । नेपाली गायकहरुमा विदेश कार्यक्रममा जाने संख्यामा बढी नाम गायक राजेश पायलकै आउने गरेको छ ।
सोही क्रममा गायक राजेशपायल राई अहिले हङकङमा छन् । उनी त्यहा मिनी म्युजिकल वल्र्ड टुरका क्रममा पुगेका हुन् । सांगीतिक कार्यक्रमका दौरानमा २३औं पटक हङकङ पुगेका राजेशपायलले आइतबार धुम मच्चाए । साथै गायक आफ्नो फेसबुकमा लेखेका छन्,‘धेरै देश घुमेको छु, प्राय सबै मन पर्र्यो तर मेरो लागि बिशेस हङकङ ।’
‘पुमा सांगीतिक सााझ’ मा प्रस्तुत भएका यी ‘राई इज किङ’ गायकको जादूमय प्रस्तुतीले हङकङबासी दर्शक लठ्ठ भएका थिए । राजेशपायललाई सुन्न र हेर्न आएका दर्शकदीर्घा उनीसागै नााच्न तम्सिएका थिए । जोशिलो पारामा प्रस्तुत भएका राजेशपायलप्रति पुरुषभन्दा महिला दर्शक जोसिएका थिए । कार्यक्रममा राजेशपायलले आफ्ना दर्जनौं गीत हिट गीतहरु प्रस्तुत गरेका थिए भने उनले जोक्स र किस्सा समेत सुनाउन भ्याए ।
उनले ‘नाई नभन्नु ल–२, लगायत नमाग मसाग सहारा नमाग, फूलैफूलको मौसम तिमीलाई, नाई नभन्नु ल–४ को गीत, रामप्यारी, बाबै आराखा, दिक्तेल बजार, म त मर्छु कि क्या हो ठूलीजस्ता आफ्नो सुपरहिट गीत सुनाएका थिए । कार्यक्रममा जुना प्रसाईं, राजेश पुमा राई, नृत्य गीता राई, हास्य कलाकार पारवन राईको पनि जोडदार प्रस्तुती रहेको थियो ।
आयोजक संस्था किरात पुमा राई हङकङका अध्यक्ष तथा आयोजक पेन्गुइन राईका अनुसार कार्यक्रम सोचेभन्दा भव्य र सफल भएको छ । हुन त गायक राजेशपायल उपस्थित हुने हरेक कार्यक्रम सफल नै हुने गरेको छ । यस्तै, उनी हङकङमा पनि त्यसैगरी उपस्थित भएर आफ्ना फ्यान र प्रशंसकको मन जित्न सफल भएका छन् । राजेशपायल पछिल्लो केही वर्षयता नेपालमा भन्दा विदेशमा हुने सांगीतिक कार्यक्रममा बढी व्यस्त हुादै आएका छन् । केही समयअघि मात्र अमेरिकाको दर्जनौ स्थानमा एकल शो गरेर फर्केका राजेशपायलले त्यहाा पनि दर्शकदीर्घाको मन जित्न सफल भएका थिए ।
प्रतिक्रिया