Bisal Chautari Logo

पुर्वको चर्चित मोडल मदन अब म्युजिक भिडियो निर्देशनमा

- ३० फाल्गुन २०७२, आईतवार १६:५७ मा प्रकाशित


Madan Dumi Rai model and director 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ३० आइतबार । पुर्वको चर्चित मोडलहरुको नाम लिदा मदन दुमी राईको नाम अग्रपंक्तीमा आउने गरेको छ । नेपाली मोड्लिङ क्षेत्रमा छोटो समयमै आफ्नो नाम परिचित बनाउन सफल मदन अब भने आफ्नो परिचयलाई थप्दै म्युजिक भिडियो निर्देशन तिर होमिएका छन् ।
Madan Dumi Rai model and directorमोडल मदनले आफु निर्देशनमा लागेको बताउदै भने,‘केही म्युजिक भिडियो निर्देशन गर्दे जिम्मा पाउदा गरेको मेरो कामलाई अन्य साथीहरुबाट निर्देशनमा पनि हात अगाडी बढाउदा हुन्छ भन्ने सुझाव पाएपछी निर्देशनमापनि लाग्ने साचेको छु ।’
मोड्लिङमा संर्घस गरेको २ वर्षमा मदनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् । मोड्लिङ, चलचित्रसंगै मोडल मदन दुमी राई टेलिसिरियलमापनि काम गरेका थिए । उनले कान्तिपर टेलिभिजनबाट प्रशारण हुने ‘किलो ट्याङग माइक’मा काम गरेका छन् । मदन दुमी राईले मोड्लिङको सुरुवात गायक पदम राईको ‘तिम्रो यादमा’ बोलको गीतबाट गरेका थिए । मोडल मदनले मोड्लिङमा आउनका लागी डान्स क्लास, एक्टिङ लगायत मोड्लिङमा आवश्यक पर्ने सबै पक्षहरुमा शिक्षा लिएको केही महिना अगाडीको अन्र्तवार्तामा बताएका थिए ।
मदनले मोड्लिङ र निर्देशनसंगै अब चलचित्रहरुमा पनि काम गर्ने सोचले अगाडी बढिरहेका छन् । किनभने उनी मोड्लिङमा आउनभन्दा अगाडी चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेका थिए । सो कारणपनि चलचित्रमापनि छिर्ने उनको सोख रहेको छ ।

प्रतिक्रिया