Bisal Chautari Logo

पत्रकार, गायक, गायीका तथा अभिनेत्रीलाई एकसाथ सम्मान

- ३० फाल्गुन २०७२, आईतवार १६:०२ मा प्रकाशित


nepali Journalist, singer, and actress honor together
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ३० आइतबार । राजधानीमा रेस्पोन्सिभ मिडिया प्रा.लि.ले पत्रकार, गायक, गायीका तथा नायिकालाई सम्मान गरेको छ ।
nepali Journalist, singer, and actress honor togetherनेपाली सञ्चार क्षेत्रमा रहेर सत्य, तथ्य सुचना, समाचार र मनोरञ्जन सम्प्रेषण गरेर देश र समाजलाई पुर्‍याएको योगदानको सम्मान गर्दै पत्रकार राजेन्द्र लुईटेललाई “मूलधार पत्रकारिता सम्मान”, रेडियोकर्मी चन्द्रमणि गौतमलाई “रेस्पोन्सिभ रेडियो पत्रकारिता सम्मान”, कला क्षेत्रको माध्यमबाट कला क्षेत्रको विकास, विस्तार र श्रीबृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै नायिका जान्वी बोहरालाई “रंगीनसंसार कला सम्मान”, नेपाली संगीतको क्षेत्रमा रहेर यसको विकास, विस्तार र श्रीबृद्धिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै गायक रामकृष्ण श्रेष्ठ र गायिका सिर्जना कार्कीलाई “राष्ट्रपुकार संगीत सम्मान”द्धारा वरिष्ठ लोक गायक बमबहादुर कार्की र न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, पत्रकार महासंघका पूर्वमहासचिव तथा हाल केन्द्रीय सल्लाकार पोषण केसीले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै गायक रामकृष्ण श्रेष्ठले सम्मानले थपहौसला मिलेको बताए । त्यसैगरी नायिका जान्वी बोहराले आफुले यो क्षेत्रमा गरेको मेहनतको सम्मान गरेकोमा आगामी दिनमा अघि बढ्न थप हौसला मिलेको बताए । सञ्चारकर्मी कुशल खत्रीको पहिलो प्रस्तुति लोक दोहोरी गीत हरेक पलमा र भिम आलेको दोस्रो प्रस्तुति लोक दोहोरी गीत फुल्लै फुल्यो डालि नुगेन एल्बमको विमोचन समेत गरिएको छ । हरेक पलमा स्वर शिशिर भुसाल र मुना थापा, लय शिशिर भुसाल शब्द संगम महतको रहेको छ । यस गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अभिनय कुशल खत्री र रक्षा पौडेल(निलम)को रहेको छ ।
त्यसैगरी फुल्लै फुल्यो डालि नुगेन गीतमा स्वर: बिमलराज क्षेत्री र रितु थापा, शब्द सुर्यकुमार क्षेत्री, लय बिमलराज क्षेत्रीको रहेको छ । यस गीतको भिडियोमा अभिनय भिम आले, मञ्जिता केसी र गोपाल केसी भझ्राईको रहेको छ । दुवै गीतको म्युजिक भिडियो निर्देशन कुमार केसी र छायांकन हरिनारायण चौधरीको रहेको छ । गीतको उत्पादन तथा बजार ब्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ लोक गायक बमबहादुर कार्कीले नेपाली गीतसंगीतमा बिकृति नल्याउन नया… पुस्तालाई आग्रह गर्नु भयो । पहिले गीत गाउन धेरै गाह्रो भएको तर अहिले भने सजिलो भएको बताउनु भयो । विशेष अतिथि पत्रकार पोषण केसीले कलाकार, पत्रकार एक अर्काको परिपुरक भएको दुवै मिलेर मात्र गीतसंगीतको विकास हुने बताउनु भयो । कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक मनोज थापाले नेपाली कला क्षेत्रमा राम्रो र्सिजना र प्रतिभालाई अगाडी ल्याउन कम्पनि निरन्तर लाग्ने बताउनु भयो । उक्त कार्यक्रममा कम्पनिका निर्देशक तथा हरेक पलमाका प्रस्तुतकर्ता तथा अभिनेता कुशल खत्रीले सबैलाई राम्रा र्सिजनालाई माया गरिदन अनुरोध गर्दै भविष्यमा अझ राम्रा र्सिजना दर्शक र श्रोत्ता माझ ल्याउने बताउनु भयो । बिमाचन कार्यक्रमा गायक विमलराज क्षेत्र र शिशिर भुसालले गीत गाउनु भएको थियो कार्यक्रममा गायक बिमलराज क्षेत्री, संगम महत, मञ्जिता केसी, रक्षा पौडेल(निलम), शिशिर भुसाल, भिम आले, हरिनारायण चौधरी, गोपाल केसीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया