Bisal Chautari Logo

क–कस्लाई नम्रताको हरेक चिज बबाल छ ? नेपाली तारा बिजेता प्रतापले गाएको गीत सार्वजनिक

- २९ फाल्गुन २०७२, शनिबार १४:३९ मा प्रकाशित


Pratap Lama ALIKATI NAJAR Romantic Song Namrata sapkota
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २९ शनिबार । नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो नम्रता सापकोटा अनि निराजन प्रधान र सन्जोग कोइराला । दर्शकहरु माझ लोकप्रिय रहेका यी तीन मोडेल एकै म्युजिक भिडियोमा देखिएका छन् ।
Pratap Lama ALIKATI NAJAR Romantic Song Namrata sapkotaनेपाली तारा बिजेता प्रताप लामाको साथमा गायक तथा गीतकार आरबी पुनले गाएका छन् । आरबीको दोस्रो एल्बम तरागमा समावेश यस गीतलाई शुक्रबार मात्र सार्वजानिक गरिएको छ । ‘अलिकति नजर झुकाउने’ बोलको एक म्युजिक भिडियोमा यी तीनको रोमान्स देख्न सकिन्छ । म्युजिक भिडियोमा निराजन र सन्जोग दुवैको मन चोर्न नाम्रताले भ्याएको छ । यी दुवै मोडेललाई नम्रताको हरेक चिज बबाल र कमाल लाग्छ । नेपाली म्युजिक भिडियो र चलचित्र सम्पादन र निर्देशनमा निकै नै सक्षम मानिएका निर्देशक प्रविन श्रेष्टले यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले यस म्युजिक भिडियोलाई छायांकन गरेका हुन् ।
Pratap Lama ALIKATI NAJAR Romantic Song Namrata sapkota-1गायक तथा गीतकार आरबी पुनको दोस्रो एल्बम तरागमा समावेश यस गीतलाई आरबी संगै नेपाली तारा बिजेता प्रताप लामाले पनि गाएका छन् । सुर्य दयालुको संगीत रहेको यस गीतलाई द मेलोडी म्युजिक क्रियाशनले तराग एल्बम मार्फत बजारमा ल्याएको हो । दिपक एम सिंहको कोरियोग्राफीमा मोक्ष प्रोडक्सनले निर्माण गरेको यस म्युजिक भिडियो गीतको मेलोडी संगै निकै नै रमाइलो बनेको छ ।

ALIKATI NAJAR | New Nepali Romantic Song 2016 | Pratap Lama, RB Poon, Surya | The Melody Music
Song Title: Alikati Najar
Singer: Pratap Lama, RB Poon
Lyrics: RB Poon
Music: Surya Dayalu
Album: Taranga
Artist: Nirajan, Sanjog, Namrata
Director/Edit: Prabin Shrestha
© Highlights Nepal Pvt. Ltd.

प्रतिक्रिया