Bisal Chautari Logo

११ वर्षको निरन्तरतापछि इशारा एकल साँझको तयारीमा

- ३१ बैशाख २०७१, बुधबार १७:४७ मा प्रकाशित


ganesh-ishara-yakal-sajh
विशाल चौतारी समाचार
काठमाडौं, ३१ बैशाख । हास्य अभिनेता गणेश इशारा आफ्नो हास्य कलाकारीताको लगातार ११ वर्षपछि पहिलो चोटी एकल साँझको तयारीमा पछिल्लो समय ब्यास्त रहेका छन् । 
हास्य अभिनय क्षेत्रमा लागेर इशाराले २०६५ सालमा साढे तन्त्र नामक गाईजात्रा भिसिडी ल्याएका थिए । त्यसपछि क्रमश: २०६६ सालमा ‘सदन हल र भट्टि पसल’ र गत वर्ष भद्रगोल डटकम नामक गाईजात्रा भिसिडी बजारमा आएका छन् ।
पछिल्लो समय म्युजिक भिडीयोमा ब्यस्त रहेका हास्य अभिनेता गणेश इशाराले छोटो समयमै १ दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशन गर्न भ्याएको बताउछन् । सामाजिक काममापनि अग्रसर देखिएका हास्य अभिनेता इशाराले आफ्नो क्षेत्रबाट धेरै पिडीतहरुलाई सहयोग गरिसकेका छन् । पछिल्लो समय स्टेज कार्यक्रमहरुमा ब्यास्त रहदै आएका इशाराले केही म्युजिक भिडियोमा मोड्लिङपनि गरेका छन् । इशाराले नेपालको प्राय सबै स्थानहरु, र इन्डियाको केही ठाउँहरुमा भव्य स्टेज कार्यक्रम गरिसकेका छन् । 
यहि लगनशिलताका क्रममा आउँदो भदौ महिनाको दोस्रो हप्ता एकल साँझमा उत्रिनका लागी तयारीमा लागी परिरहेका छन् ।

प्रतिक्रिया