Bisal Chautari Logo

प्रियंकाको ‘शिरैमा सिरबन्दी’ || मेलिनाको स्वरमा हाउ फन्नीको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

- २८ फाल्गुन २०७२, शुक्रबार १५:०४ मा प्रकाशित


Priyanka karki movie How Funny song SIRAIMA Melina rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २८ शुक्रबार । सार्वजनिक ट्रेलरबाट दर्शकहरुलाई हसाइरहेको चलचित्र ‘हाउ फन्नी’ टिमले आज नयाँ गीत सार्वजनिक गरेको छ । केही हप्ता अगाडी एक कार्यक्रमको बिच यो गीत सार्वजनिक गरिएपनि युट्युवबाट भने आज मात्रै सार्वजनिक गरिएको छ ।
Priyanka karki movie How Funny song SIRAIMA Melina rai‘शिरैमा सिरबन्दी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्कीलाई छमछमी नाचेको देख्न सकिन्छ । पछिल्लो समयकी ब्यस्त गायिका मेलिना राईको पाश्वृ गायन रहेको गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत तथा शब्द दिएका छन् । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको यो गीतमा प्रियंकालाई गाउले परिवेशकी युवतीको रुपमा देखाइएको छ ।

Priyanka karki movie How Funny song SIRAIMA Melina rai-1कमेडी शैलीको यो चलचित्र बैशाख १० देखि प्रदर्शन हुनेछ । मिस नेपाल सन् २००२ माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यो चलचित्रको निर्देशन निलु डोमा शेर्पाले गरेकी हुन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, अनुप बिक्रम शाही, विजय बराल, शिशिर राणा लगायत मुख्य भूमिकामा रहेका छन् ।

New Nepali Movie – “How Funny” SIRAIMA || Priyanka karki || Keki Adhikari || Dayahang Rai


Latest Nepali Movie “How Funny” 2016
Eyecore Presents
Tiny But Big Picture Production
Movie : How Funny
Director : Nilu Doma Sherpa
Executive Producer : Malvika Subba
Singer : Melina Rai
Music / Lyrics : Basanta Sapkota
Director Of Choreography : Renasha Rai
Cinematography : Shiva Ram Shrestha
Editor : Nimesh Shrestha
Colourist : Rajendra Muktan
Writrer : Shan Basnyat
Make Up Artist : Deepu Paudel
Costume : Yubi Thapa
Stylist : Sayal Shrestha

प्रतिक्रिया