Bisal Chautari Logo

सञ्चारकर्मी डब्बु क्षत्रीद्धरा निर्देशित ‘राहदानी’को ट्रेलर र मारुनी गीत सार्वजनिक

- २८ फाल्गुन २०७२, शुक्रबार ०७:५४ मा प्रकाशित


Rahadani movie Dayahang Rai & Srijana Subba
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २८ शुक्रबार । सञ्चारकर्मी डब्बु क्षत्रीद्धरा निर्देशित चलचित्र राहदानीको ‘अफिसियल ट्रेलर’ र मारुनी गीत सार्वजनिक गरिएको छ । यसलाई सामाजिक सञ्जाल युट्युबाट सार्वजनिक गरिएको हो । राजधानी र मोफसलका सिनेमा हलमा समेत पठाईएको अफिसियल ट्रेलर एक मिनट ३० सेकेण्ड रहेको छ ।
Rahadani movie Dayahang Rai & Srijana Subbaयो चलचित्र आगामी १२ चैतबाट देशब्यापी प्रदर्शनीमा आउादैछ । चलचित्र प्रदर्शनीको तिथि नजिकिादै गरेको बेला यसको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका मुख्य तीनओटा गीतलाई महत्व दिईएको छ । यस्तो अभिनेता दयाहाङ राई र उनका भाईको चरित्र निर्वाह गरेका अशोक रिजालले मलेशियामा आफ्न्त आपतमा पर्दा भोग्नु परेका कठिनाई र तनावलाई ट्रेलरमा महत्व दिईएको छ ।
यस्तै रेडियोमा निकै बजेको राहदानीको ‘कल्चरल’ गीत मारुनीको भिडियो पनि यु ट्युव मार्फत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको सगीत, र निशा देशारको स्वरको यो गीत डा. गोबिन्द कुसुमले लेखेका हुन् । यो गीतमा अभिनेत्रीहरु रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, आयुष्मा श्रेष्ठ, अस्मिता बस्नेताले नृत्यमा प्रतिस्पर्धा गरेका छन् । मिस टिन नेपालकी पूर्व फस्ट रनरअप एवा मोडल आयुष्मा राहदानीबाटै नेपाली रजतपत्रमा उत्रिादैछिन् ।
Rahadani movie Dayahang Rai & Srijana Subba (2)यसमा दयाहाङ राई अशोक रिजालसागै नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी, तेन्जिङ शेर्पा, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, दिनेश दुलाल लगायतका कलाकार पनि छन् । सञ्चारकर्मी डब्बु क्षत्रीद्धारा लिखित निर्देशित यो चलचित्रको निर्माण लक्ष्मीप्रसाद ढकालसागै रियाना पात्रबाश, रम्भा पाण्डे, कृष्ण चन्द्र झा, अभिषेकमान सिंहले गरेका हुन् ।
रामशरण उप्रेतीले खिचेको यो फिल्ममा अभिनेत्री रिमा विश्वकर्मा एउटा आईटम गीतमा छिन् । यो चलचित्रमा काम तथा अन्य सिलसिलामा विभिन्न देश पुगेका नेपालीहरुले भोग्नु परेको समस्यामा केन्द्रित रहेको यसका निर्देशक क्षत्रीले जानकारी गराए ।

New Nepali Movie | Rahadani – Dayahang Rai, Srijana Subba | Official Hall Trailer 2016.

New Nepali Movie (Rahadani) Official Trailer.
A Movie ” Rahadani Is a Second name to “Nepali Passport”.
Casting ; Dayahang Rai , Bidhya Karki, Ashok Rijal , Srijana Subba , Navin Lamshal, etc.

RAHADANI Movie 2016 | SAWANKO JHARI|NEW NEPALI FOLK SONG| Ft. Dayahang Rai

CINEMANBALL ENTERPRISES PVT LTD Present’s
RAHADANI
SONG NAME:- SAWANKO JHARI
Starting: Dayahang Rai,Srijana Subbha, Reema bishwokarma,Ashok rijal,Nabin lamsal,Bhidhya Karki, etc
SINGER:-,NISHA DESAR
Music:BASANTA SAPKOTA
Lyrics: DR. GOVINDA KUSUM
Camera: Ramshrawan Uperdi
Choreography: Raju Shah
Editor: Banish Shah
Production Manger SULAV DHAKAL
Background Music: Sanjay Shrestha
Film of LAXMI PRASAD DHAKAL
Direction: DABBU KSHETRI

प्रतिक्रिया